जब धनकुटाका यी वडाध्यक्ष स्वास्थ्य टोली लिएर जनताको घरघरमा पुगी सञ्चोविसञ्चो सोधे…

धनकुटा । महालक्ष्मी नगरपालिका–३ डाँडागाउँ वाघथलाका ९६ वर्षीय वुद्धिमान पौडेल घरको खाटमा आराम गरिरहेका थिए । अचानक वडाध्यक्ष भरत थापाको नेतत्वमा स्वास्थ्य टोली उनको घर पुग्दा उनी छक्क परे । वडाध्यक्ष थापाले सञ्चोविसञ्चो वारे सोधी खोजी गर्दै फलफुल प्रदान गरे । भने स्वास्थ्य टोलीले पौडेलको स्वास्थ्य परिक्षण र केही औषधी प्रदान गर्दै केही परामर्श दिए ।

घरमै स्वास्थ्य परिक्षण गर्दा सोही वडाका ९४ वर्षका मानबहादुर थापा पनि खुसी देखिन्थे । आगामी दिनमा पनि यो कार्यक्रमलाई निरन्तरता दिन उनले वडाध्यक्ष थापा सँग आग्रह गरे ।

स्वास्थ्य परिक्षण गरेपछि ९३ वर्षीय पुनमाया कार्कीले आफ्नो स्वास्थ्यको विषयमा जानकारी पाउँदा खुसी लागेको बताए । वढ्दो उमेरको कारण सामान्य हिड्डुल गर्न गाह्रो पर्छ । जसको कारण संस्था संस्था सम्म पुगेर परिक्षण गर्न सक्दिन । घरैमा यो सेवा पाउँदा खुसी लागेको उनले बताइन् ।

३ नं वडा कार्यालयले ८० वर्ष माथिका २८ जना ज्येष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य परिक्षण तथा औषधी वितरण गरेको थियो । ती मध्ये ९० कटेका ४ जना ज्येष्ठ नागरिक छन् ।

सामान्य हिड्डुल र स्वास्थ्य संस्था सम्म पुग्न ज्येष्ठ नागरिकलाई कठिन हुनेभएकाले गर्दा उनीहरुको घरमै पुगेर स्वास्थ्य सेवा उपलब्ध गराएको वडाध्यक्ष भरत थापाले बताए । दुई दिन लगाएर ज्येष्ठ नागरिकको घरमै पुगि सेवा उपलब्ध गराएको उनले बताए ।

चुनावको बेला भोट माग्न घर–घरमा पुग्ने जनप्रतिनिधिहरु जितेर आएपछि पनि खुसी लागेको ज्येष्ठ नागरिकहरुले बताएका थिए । ‘ज्येष्ठ नागरिक घरमा पुग्दा साह्रै खुसी देखिए’ उनले भने ‘आगामी दिनमा पनि यस्तो कार्यक्रम सञ्चालन गर्न आग्रह समेत गरेका थिए ।’

डाउँगाउँ स्वास्थ्य चौकीका हेल्थ एशिष्टेन भीम पौडेलको नेतृत्वको ९ सदस्यीय स्वास्थ्य टोलीले स्वास्थ्य परिक्षण गरेको थियो ।

आगामी दिनमा ज्येष्ठ नागरिकको स्वास्थ्य परिक्षण कार्यक्रम वर्षमा दुई पटक राख्ने योजना रहेको उनको भनाई छ । अधिकांश ज्येष्ठ नागरिक असक्त छन् । शारिरीक अवस्वथताको कारण उनीहरु स्वास्थ्य संस्थाको पहुँच भन्दा वाहिर छन् । सामान्य विरामी हुँदा पनि स्वास्थ संस्थासम्म जना सक्दैनन् । सोही कारणलाई मध्यनजर गर्दै यो कार्यक्रम सञ्चालन गरिएको उनले बताए ।

सो वडा कार्यालयले ज्येष्ठ नागरिकले पाउँने सामाजिक सुरक्षा भक्ता पनि घरघरमै पुगेर उपलब्ध गराउँदै आइरहेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।