विराटनगरमा झाँकी सहित निकालिएको भगवान श्री राधाकृष्ण रथयात्रा ! (भिडियो सहित)

विराटनगर । भगवान् श्री राधाकृष्ण रथयात्राको प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आज यहाँ शुभारम्भ गर्नुभएको छ । विशेष पूजापाठ गरी उल्लासमय वातावरणमा नगर परिक्रमाका लागि निस्किएको सो रथ विराटनगर–१ को पानीट्याङ्कीस्थित राधाकृष्ण मन्दिरको परिसरबाट युगल मूर्तिलाई रथमा राखी सो स्थलबाट अपराह्न ४ बजे रथयात्रा शुरु भएको हो ।

रथयात्रा नगरको तीनपैनी, गोल्छामोड, ट्राफिकचोक, महेन्द्रचोकबाट बरगाछीचोक हुँदै करीब आठ किलोमिटरको दूरी तय गरी सोही मन्दिरको परिसरमा पुगेर रथयात्रा सम्पन्न हुने कार्यक्रम छ । सो अवधिमा रथलाई ४४ स्थानमा विश्राम गराइएने मूल समारोह समितिले जनाएको छ । रथयात्राको मार्गमा पर्ने सडकको दुबै पेटीमा हजारौँ श्रद्धालुका साथै भवनको छत र कौसीबाट रथमाथि फूलका साथै जल अर्पन गरिरहेका देखिन्थे ।

उक्त रथयात्राको अवधिमा विभिन्न मन्दिर एवम् धार्मिक संस्थाका रथ र कलश यात्राका साथै विभिन्न सांस्कृतिक झल्कने दर्जनौँ झाँकी, नाचलगायत प्रदर्शन गरिएको थियो । रथको दर्शन गर्नका लागि आएका श्रद्धालुलाई विभिन्न ठाउँमा सङ्घसंस्था र क्लबद्वारा निःशुल्क रुपमा चिसो पेय पदार्थ वितरण गरिरहेको देखियो । मोरङ, झापा, सुनसरीका साथै सीमावर्ती भारतीय क्षेत्रबाट समेत गरी हजारौँ श्रद्धालुले रथयात्राको दर्शन गर्न आएका छन् ।

रथयात्राका क्रममा हुन सक्ने अप्रिय घटनालाई दृष्टिगत गरी स्थानीय प्रशासनले कडा सुरक्षा व्यवस्था मिलाएको प्रहरी उपरीक्षक मनोजकुमार केसीले जानकारी दिनुभयो । यस रथयात्राको अवधिभर नेपाल प्रहरी र सशस्त्र प्रहरीसमेत गरी एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । दर्शकको अत्याधिक चाप भएका स्थानमा एम्बुलेन्सको पनि व्यवस्था गरिएको छ ।

विसं १९८८ बाट खट (युगल मूर्तिलाई खाटमा राखेर) यात्राका रुपमा शुरु भएको यात्रा विसं २०२५ देखि रथयात्राका रुपमा परिणत भएको हो । निकै सजिसजाउ बनाइएको रथ प्यागोड शैलीको रहने र यसको लम्बाइ २२ फिट, चौडाइ १४ फिट र उचाइ १८ फिटको छ । रथको अग्रभाग जुवाबाट ७५ फिट दायाँबायाँ लामो लट्ठा तान्ने डोरी लगाइएको छ । डोरी तान्न युवायुवतीको तँछाडमछाड गरिरहेको देखियो भने प्रदेश सरकारले आज सुनसरी र मोरङ सार्वजनिक बिदा दिने निर्णय पनि गरेको थियो । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।