धनकुटाका कैदिबन्दिको आँखामा बढि संक्रमण, ६३ जनाको आँखामा समस्या देखियो

धनकुटा खबर । जिल्ला कारागार धनकुटामा रहेका अधिकांश कैदिबन्दिको आँखामा समस्या देखिएको छ ।

संविधान दिवशको अवसरमा नेत्रज्योती संघ धनकुटाले मंगलबार धनकुटा जिल्ला कारागारमा गरेको परिक्षणमा ६३ जनामा आँखामा समस्या देखिएको छ ।

चार महिला सहित ७२ कैदिबन्दि रहेको कारागारमा १२ जनालाई चस्मा लिनुपर्ने अवस्था रहेको संघका अध्यक्ष द्रोण गुरागाईले बताउनुभयो ।

अन्य सबैले औषधी प्रयोग गर्नु पर्ने भएकाले औषधी वितरण गरीएको गुरागाईंले जानकारी दिनुभयो ।

बढि संक्रमण भएका १२ जना कैदिबन्दिलाई धनकुटा नगरापालिका ६ मा रहेको आँखा अस्पतालमा जाँच गरी चस्मा निशुल्क उपलब्ध गराईएको छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सिताराम कार्की र जिल्ला समन्वय समितिको संयोजक टंकबहादुर चुवानको उपस्थीती रहेको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।