आधुनीकताले ढपक्कै ढाकेसँगै मौलिकता गुमाउँदै दशैं !

धनकुटा खबर । नेपालीहरुको महान चार्ड बडा दशै हाम्रो घर आगनमा भित्रि सकेको छ । तर अहिले मनाइने दशैमा हाम्रो पुरानो मौलिकता हराउदै गएको छ । आधुनीकताले ढपक्कै ढाकेको छ ।

एक समय थियो दशै भित्रदै गर्दा रातो माटो र चुनले घर आगन लिपपोत गरी घर सजाइन्थ्यो । गाँउका सबै मिलेर घर सम्म पुग्ने गोरेटो खनिन्थ्यो । बाबियोले बाटेको लिङ्गे पिङ्ग र स्थानिय काठ बाट निर्माण गरीएको रोटे पिङ्ग लगाइन्थ्यो अनि गाँउ भरीका सबै भेला भएर खेर्ने गरीन्थ्यो ।

दशैका लागि आबश्यक पर्ने चिउरा चामल आदि खाद्यान्न ढिकी जातोमा कुट्ने गरीथ्यो । बर्षमा एक जोर नया कपडा बल्लतल्ल दशैमा पाइथ्यो । त्यो बेला सामान्य खर्चमा दशै मनाउन सकिन्थ्यो ।

तर अहिलेको दशैमा यी प्रचलन सबै लोप हुदै गएका छन् । दशै पहिलेको भन्दा महग्रो र पृथक बन्दे गएको धनकुटा नगरपालिका वडा नम्बर सात का पिताम्बर भटराई बताउनु हुन्छ ।

रातो माटो र चुनले पलिपपोत गर्ने घरहरुमा अहिले बिभिन्न कलर लगाउन थालिएको छ । ति बेलाका गोरेटो बाटो अहिले डोजरले सफा गर्ने गरीएको छ । त्यस्तै पिङ्गहरु लोप हुदै गएका छन् । दशैका लागि आबश्यक पर्ने सम्पुर्ष खाद्यान्न बजारमै पाइन्छ । नँया कपडा लगाउनको लागि दशै कुर्नै पदैन ।

त्यसैले त दशैले आफ्नो मौतिकता गुमाउदा महगो समेत बन्दै छ । सुचना र सञ्चारको बिकास सगै दशै परीबर्तन हुदा पहिलेको जस्तो रमाइलो हुन छाडेको धनकुटा हिलेका स्थानिय जिबन राइको बिश्लेषण छ ।

चुन र रातोमाटोले घर पोत्दा, नयाँ कपडा, पिङ्ग, गाँउभरीका सबै मिलेर गोरेटो सरसफाइ गर्दा त्यो बेला दशैको आभाष हुने गरेको थियो । तर अहिले यि कुनैपनि कुरोले दशै आएको आभाष गर्न पाइन छाडेको छ । त्यसैले त बास्तबमै दशैमा अहिले पुरानो मैलिकता लोप हुदै गएको भान हुन्छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।