बर्ष दिन बित्यो- महालक्ष्मी नगरस्थित स्वास्थ्य केन्द्रको ‘एक्स–रे मेसिन’ अझै सञ्चालनमा आएन

धनकुटा खबर । महालक्ष्मी नगरपालिका जीतपुरबजारस्थित प्राथमिक स्वास्थ्य केन्द्रको एक्स–रे मेसिन ल्याएको बर्ष दिन पुग्दासमेत समेत सञ्चालनमा आएको छैन ।

एक्सरे मेसिन सञ्चालनमा नआउदा स्थानीय वासिन्दा एक्स–रे गर्नका लागि जिल्ला अस्पताल धनकुटा, धरान, विराटनगर लगायत ठाउँ जान बाध्य छन् ।

स्वास्थ्य मन्त्रालयले एकबर्षअघि एक्स–रे मेसिन स्वास्थ्य केन्द्रलाई उपलब्ध गराए पनि आवश्यक जनशक्ती र सामाग्री नहुँदा सञ्चालनमा ल्याउन नसकिएको अहेव डण्ड पोखरेलले जानकारी दिनुभयो ।

एक्सरे मेसिन सञ्चालनमा ल्याउनका लागि स्वस्थ्य केन्द्र र नगरपालिकाले पटक पटक मन्त्रालयमा धाउदा समेत स्वास्थ्य मन्त्रालयको वेवस्थाको कारण उक्त मेसिन सञ्चालमा आउन नसकेको कार्यालयले जनाएको छ ।

मन्त्रालयले मेसिन उपलब्ध गराए पनि दक्ष जनशक्ति र आवश्यक केमिकल अभावका कारण एक्स–रे मेसिन अलपत्र परेको छ । स्वस्थ्य मन्त्रालयमा पटकपटक धाउदा समेत मन्त्रालयले बेवस्ता गरेको कारण महालक्ष्मी नगरपालिका आफैले स्रोत जुटाएर भए पनि उक्त एक्सरे मेसिन सञ्चालनमा ल्याउने तयारी गरिरहेको नगर प्रमुख पर्शुराम नेपालले जानकारी दिनुभयो ।

स्वास्थ्य केन्द्रको आम्दानी न्यून भएका कारण आफैं खर्च गरी एक्स–रे मेसिन सञ्चालन गर्ने अवस्था छैन । एक्स–रे मेसिन सञ्चालन गर्न नसक्दा यहाँका जनतालाई सेवा उपलब्ध गराउन नसकेको कार्यालयले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।