४० जना अमेरिकन डाक्टरहरुले सेवा दिने गरी धनकुटामा बृहत शल्यक्रिया शुरु

धनकुटा खबर । पहुँच नहुनेहरुका लागि पहूँच भन्ने मुलनाराका साथ धनकुटामा आजदेखि निःशुल्क बृहत्त शल्यक्रिया स्वास्थ्य शिविर २०७५ शुरु भएको छ ।

अलोहामिसन अन्तरगत अमेरिकन ४० जनाको विशेषज्ञ डाक्टरहरुको टोलीले सेवा दिने गरी धनकुटा अस्पतालमा बृहत्त निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको हो । कार्तिक १७ गतेसम्म संचालन हुने बृहत्त निःशुल्क स्वास्थ्य शिविरको प्रतिनिधिसभाका सदस्य राजेन्द्रकुमार राईले आज विहान उद्घाटन गरे ।

निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य राईले निःशुल्क बृहत्त शल्यक्रिया स्वास्थ्य शिविरबाट स्वास्थ्यको पहुँच भन्दा बाहिर रहेका आमनागरिकले सेवा पाउनु पर्ने बताए । उनले भने–‘यो शिविर गरिब तथा विपन्न परिवारहरुको लागि बरदान सावित हुनु पर्नेमा जोड दिए ।’

गरिब तथा विपन्न परिवारहरुलाई लक्षित गरी संचालन गरिएको उक्त शिविरमा सेवा दिने क्रममा लक्षित समुदायको सहभागितालाई प्राथमिकता दिन प्रतिनिधिसभा सदस्य राईले आयोजकलाई सुझाव दिए ।

निःशुल्क स्वास्थ्य शिविरमा सामान्यदेखि लिएर जटिल प्रकारका रोगहरुको उपचार गरिने निःशुल्क बृहत्त शल्यक्रिया स्वास्थ्य शिविर २०७५ सञ्चालन तथा व्यवस्थापन समिति धनकुटाका संयोजक रोशेष श्रेष्ठले बताए ।

शिविरमा शरिरका गाँठागुठी, कोठी, हर्निया, हाइड्रोसिल, मुत्रथैलीको पथरी, मेजर पायल्स, कृतिम हात लगाउने, पाठेघर झरेको शल्यक्रिया, पाठेघरमा मासु पलाएको, पित्तथैलीको पथरी, दाँत सम्बन्धी सफल उपचार गरिनेछ ।

एक सय ५० जना भन्दा बढीको मेजर अप्रेशन र ६ सय जना भन्दा बढीको सामान्य अप्रेसन सहितको सेवा दिने लक्ष्य राखिएको आयोजकले जनाएको छ ।

अमेरिकी विशेषज्ञ डाक्टरहरुको सहभागितामा आजदेखि शुरु गरिएको शल्यक्रिया शिविरमा एक पटकमा चार जनाको मेजर अप्रेशन गर्ने व्यवस्था गरिएको आयोजक समितिका संयोजक श्रेष्ठले बताए । शिविरलाई भव्यताका साथ सम्पन्न गर्नका लागि विभिन्न समितिहरु पनि गठन गरिएको छ ।

निःशुल्क शल्यक्रिया स्वास्थ्य शिविरमा धनकुटा सहित तेह्रथुम, भोजपुर, संखुवासभा, सुनसरी, मोरङ लगायतका स्थानहरुबाट विरामीहरु सेवा लिन आएका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।