धनकुटामा संचालित निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, १७ सय बढीले लिए स्वाथ्य सेवा !

धनकुटा खबर । धनकुटामा संचालन भैरहेको वृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

धनकुटामा पत्रकार संम्मेलन गर्दै आयोजक समितिले दिएको जानकारी अनुसार स्वाथ्य शिविरमा पथ्रिया,हर्निया हाईडोसिल लगायतका १ सय ३३ मेजर शल्यक्रिया भएको त्यस्तै गाठागुठी, पायल्स, कृतिमहात लगाउने, दाँतका १ हजार १ सय ६३ जनाको उपचार का साथै ५ सय ५१ जनाको अन्य रोग सहित १ हजार ७ सय ४४ जनाको स्वाथ्य परिक्षण गरिएको शिविर आयोजक समितिका सुचना तथा संचार विभाग प्रमुख राजेश्वर बहादुर श्रेष्ठले जानकारी दिनु भयो ।

प्रदेश न १ का सबै जिल्ला र अन्य जिल्लाका गरी २० जिल्लाको विरामीले शिविरमा निशुल्क स्वाथ्य सेवा लिएको आयोजक समितिका सचिब विजयसन्तोषी राईले जानकारी दिनु भयो । स्वाथ्य शिविरमा सहयोग गर्ने सम्पुर्ण कार्यलय, संघ संस्था, व्याक्ति लाई जिल्ला अस्पताल धनकुटाका प्रमुख डा. अभिताब ठाकुरले पत्रकार संम्मेलन मार्फत धन्यवाद दिनु भएको थियो ।

कार्तिक ७ गते देखि सूरु भएको वृहत निशुल्यक शल्यक्रिया स्वास्थ्य शिविरमा विशेषज्ञ अमेरिकन डाक्टरहरुद्धार पत्थरी, पाठेघर, हर्निया, हाईडोसिल, पायल्स, गाठागुठीको शल्यक्रिया, दातको उपचार, कृतिम हात वितरण गरिएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।