सुन्तलामा ‘सिट्रस ग्रिनिङ’ : खालि हुँदै धनकुटाका बंगैचा

धनकुटा खबर । केहि बर्ष अघिसम्म कार्तिक र मंसिर महिनामा लटरम्म फलिरहेका देखिने धनकुटाका सुन्तला बगैचा अहिले खालि हुँदै गएका छन् ।

सुन्तला खेतिबाटै बिगतमा बार्षिक १० लाख रुपैयाँ आम्दानी गरेका धनकुटा तीन सिप्तेनका जीतेन्द्र राई रोगले बगैंचा मासिदै गएपछि एभोकाडो खेतिमा लागेका छन् । मनग्गे उत्पादन भैरहेका सुन्तलाका बोट मरेपछि छिमेकी रेसकुमार राईको पनि आम्दानी घटेको छ ।

फेद र जरा कुहिने, मुना र हाँगा सुक्दै जाने, ढुसी र कत्ले किराको प्रकोपले सुन्तला बगैँचा नै रित्तो हुन लाग्दा समेत अनुसन्धान केन्द्र र कृषि वैज्ञानिकले कुनै समाधान दिन नसकेको कृषक जितेन्द्र राईले बताए ।

दक्षिण एसियाकै रसिलो र गुलियो सुन्तला हुने स्थानका रुपले चिनिएको सुन्तला उत्पादनको पकेट क्षेत्र घोषित शहिदभूमी गाउँपालिकाको खाल्सा क्षेत्रमा समेत सुन्तला उत्पादन घट्दै गएको शहिद भूमि गाउँपालिकाका कृषि शाखाका प्राविधिक रत्न थापामगरले जानकारी दिए । उनले भने,- खाल्सा क्षेत्रमा पनि सुन्तला उत्पादन घट्दै गएको छ धनकुटा नगरपालिका मौनाबुधुक बोध, तेलिया लगायतका स्थानका किसानले लगाएका सवैजसो सुन्तला बगैँचामा समस्या रहेको छ ।

कृषि बैज्ञानिकहरुले यस्तो समस्यालाई सिट्रस ग्रिनिङ भन्ने गरेका छन् । तर निराकरणको उपाय निकाल्न सकेका छैनन् । सुन्तलाजात अनुसन्धान कार्यक्रम पारिपात्ले धनकुटाका कृषि बैज्ञानिक उमेश आचार्यले भने फेद र जरा कुहिने, मुना र हाँगा सुक्दै जाने, ढुसी र कत्ले किराको प्रकोपले किसानका सुन्तला बगैचामा छ यस्ता रोग को निदानका लागि प्रयास गरि रहे पनि ठिक उपचार विधी भने पता लागि सकेको छैन् ।

रोग र मौसमी प्रतिकुलता झेल्न सक्ने नयाँ जात उन्मोचन गरि बगैचा पुनस्थापना नगरिए गुणस्तर र उत्पादकत्व घट्ने मात्र होइन मध्यपहाडी क्षेत्रको सुन्तला खेति मासिने जोखिम छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।