लुम्बिनीमा पहिलोपटक बौद्ध ग्रन्थ त्रिपिटक वाचन, २० देशका करीब एक हजार भिक्षु सहभागी हुने

काठमाडौँ । अखिल नेपाल भिक्षु महासङ्घले बुधबार लुम्बिनीमा पहिलोपटक बौद्ध ग्रन्थ त्रिपिटक वाचन गर्ने भएको छ ।

यसका लागि विभिन्न २० देशका करीब एक हजार भिक्षु सहभागी हुने भएका छन् । बौद्ध साहित्यमा महत्वपूर्ण बौद्धग्रन्थका रुपमा लिइएको त्रिपिटक वाचनका लागि अन्तर्राष्ट्रिय तहबाट भिक्षुको व्यवस्था गरिएको महासङ्घले जनाएको छ ।

अभिधम्म पिटक, सुत्त पिटक र विनय पिटकलाई त्रिपिटक भनिन्छ । यी तीन वटालाई बौद्ध साहित्यमा ठूलो ग्रन्थका रुपमा लिइएको छ । अभिधम्ममा बौद्ध दर्शनको पक्षलाई समेटिएको छ भने सुत्तमा सूत्रहरुको व्यवस्था गरिएको छ । त्यसैगरी भिक्षुहरुका आचरणलाई विनयमा राखिएको छ ।

यही कात्तिक २८ देखि ३० गतेसम्म वाचन गरिने त्रिपिटक पाली, देवनागरी, थाईलगायत भाषाको व्यवस्था गरिएको महासङ्घका सदस्य भिक्षु तपस्सी धम्मले जानकारी दिनुभयो । करीब ४० लाख खर्चमा सम्पन्न हुने उक्त कार्यक्रमको शुभारम्भ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी गर्नुहुने आयोजकले जनाएको छ ।

त्रिपिटक बुद्धले दिएको ज्ञान र शिक्षाको सार सङ्ग्रहित मानिन्छ । लुम्बिनीमा पहिलो पटक वाचन गर्न लागिएको उक्त कार्यक्रमले धार्मिक पर्यटक वृद्धि गर्ने अपेक्षा लिइएको छ । शाक्यमुनि बुद्धकै समयमा अभिधम्म र सुत्त पिटक विकास भएको हो भने विनयपिटक सम्राट अशोकको पालामा लेखिएको बौद्ध ग्रन्थ हो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।