नेपालको निर्माण प्रविधिमा भारतको एकाधिकार कायमै (भिडियो सहित)
अहिलेको युग प्रविधिको हो । सञ्चार र प्रविधिको अत्याधुनिकीकरणले हरेक असम्भव कामलाई सम्भव बनाइदिएको छ । बिकासका लागि प्रविधिमय उपकरण हुनै पर्छ । पूर्वाधार बिकासमा अपेक्षाकृत गति लिन नसकेको नेपालमा भित्रिएका उपकरणको उचित प्रयोग पनि चुनौति बनेको छ । तेस्रो मुलुकसँग ब्यापारिक तथा प्रविधिमैत्री सम्बन्ध स्थापना गरेको नेपालको निर्माण प्रविधिमा भारतको एकाधिकार भने कायमै छ ।
करिब ३ अर्ब रुपैयाँ बराबरको खर्च गरेरै भारतकै कन्फीडिरेसन अफ इन्डिएन इन्ड्रस्ट्रिजले भारतका सबै निर्माण कम्पनीहरुलाई भक्तपुरको सल्लाघारी स्थित् निर्माणक्षेत्रमा विकाश भएका उपकरणहरु प्रर्दशनीमा राखियो । भारतकै एकसय ५० भन्दा बढी निर्माण कम्पनीहरु स्वंय उपस्थिती थियो । तर, कम्पनीहरुले नयाँ नयाँ विकाशित उपकरणहरु भने कमै भित्राएको छ । नेपालमै आइसकेका र भएका उपकरणहरु नै प्रर्दशनीमा राखिएको र केही मात्र नयाँ उपकरणहरु ल्याइएको व्यवासायीहरुले बताए ।

त्यति मात्र होइन निर्माण व्यवासायीहरुले अझै पनि नयाँ खानी उत्खननहरुमा प्रयोग गर्ने ठुला मेशिनहरु भित्रिन सकेको छैन । यसअघि चीनबाट डबल शिल्ड टनेल बोरिङ मेशिन भित्रिएको थियो । ठुला ठुला पुर्वाधार निर्माणका लागि भने आवश्यक मेशिन अझै नेपाल भित्रिन नसकेको र निर्माण क्षेत्र प्रविधिमैत्री नभएको विज्ञहरु बताउछन् ।
इनलाइन पेट्रोल सिस्टम जसले स्काइभेटरमा नेपालमा आउने इन्धनबाट सञ्चालन हुन्छ । जापनी प्रविधिअनुरुप जीपीएस प्रणाली ः मेशिनको अवस्था, उपकरण कार्यअवधि देखाउँछ । पुरानै प्रविधिमार्फत पूर्बाधार निर्माण भइरहेको अवस्थामा बजारमा उपलब्ध निर्माण उपकरणले भने अबलोकनकर्ता निर्माण व्यवसायीको मन खिचेको छ । जुन निर्माण क्षेत्रमा नयाँ उपकरण थिए ।
सामान्य जनताले देखिने अथवा महशुस गर्ने विकाश चाहिरहेको नेपालमा विभिन्न उपकरण भित्रिन्छन् तर खर्च बढी काम शुन्य प्रवृत्तिलाई भने अन्त्य गर्न आश्वयक छ ।


