घट्नेलाई ठेक्का दिने सरकारले नराम्रो काम भयो भनेर ठेकेदारलाई कारवाही गर्नु ठीक हैन : खतिवडा

३ बिद्यालयका ९ बिद्यार्थी पुरस्कृत

धनकुटा खबर । नेपाल निर्माण ब्यबसायी संघका केन्द्रिय सदस्य यज्ञ प्रसाद खतिवडाले उपयुक्त नीति नबनाई निर्माण ब्यबसायीहरु मात्र दोषी नभएको बताउनुभएको छ ।

निर्माण ब्यसायीको ११ औं राष्ट्रिय दिवश तथा धनकुटा शाखाको २५ औ (रजत) जयन्तीको अवसरमा यस्तो बताउनुभएको हो । दिवसको अबसरमा बोल्दै खतिवडाले भन्नु भयो–‘सबै भन्दा घटेर ठेक्का दिने सरकारले काम नराम्रो भयो भनेर निर्माण ब्यबसायीहरुलाई कारवाही गर्ने सरकारको काम पूर्णतः ठीक हैन ।’

उहाँले उदाहरण दिंदै भन्नु भयो–‘२५ रुपैंयाको ईटलाई १४ रुपैंयामा उपलब्ध गराउँछु भन्ने टेन्डर स्वीकृत गरेपछि स्वतः काम हुंदैन ।’ यसको अन्त्यका लागि निर्माण ब्यसायीहरुले पनि अनावश्यक प्रतिष्प्रधा गर्न नहुने र सरकारले पनि त्यस्ता टेन्डरहरु स्वीकृत नगर्ने खालका नीति ल्याउनुपर्ने खतिवडाका माग थियो । निर्माणका क्षेत्रमा निर्माण ब्यसायीलाई मात्र कारवाही भईरहेको सन्दर्भ जोड्दै खतिवडाले निर्माणका क्षेत्रमा देखिएका समस्याको जिम्मेवार अन्य क्षेत्रले पनि लिनुपर्ने बताउनुभयो ।

‘निर्माण कार्यको खराबी निर्माण ब्यसायीको मात्र नभएर छट,सिमेन्ट लगाएत बिभिन्न सामाग्री निर्माण कमपनी तथा त्यसको गुणस्तर स्वीकृत गर्ने संस्थाको पनि हुन सक्छ ।’ उहाँले भन्नु भयो–‘ ती सबैको अपजस निर्माण ब्यबसायीलाई मात्र थोपर्नु उचित भएन ।’ ‘त्यसैले उचित नीति ल्याएर राज्यले कमजोरी सुधारोस हामी कारवाही भोग्न तयार छौ ।’–खतिवडाले भन्नुभयो ।

कार्यक्रममा निर्माण ब्यसायी संघ धनकुटा शाखाले यो बर्ष कक्षा ८ को परिक्षामा राम्रो अंक लयाएर प्रथम,दोस्रो र तेस्रो हुने धनकुटा बजारका ३ वटा सामुदायिक बिद्यालयका ९ जना बिद्यार्थीहरुलाई पुरस्कृत तथा सममान गरेको छ ।

पुरस्कृत तथा सम्मान हुनेहरुमा प्रथम तर्फ त्रिवेणी मा.बि.का प्रनिशा याखा,गोकुण्डेश्वर बालमन्दिर मा.बि.का श्रीकृष्ण भण्डारी र गोकुण्डेश्वर मा.बिका हिमानी रायमाझी रहेका छन् । त्यस्तै दोस्रो तर्फ सोही बिद्यालयहरुका क्रमशः प्रेमा लिम्बु,सुस्मिता गदाल र नर्मता कार्की रहेका छन् । त्यस्तै तृतिय तर्फ एलिना बिक,रुस्मा राई र हेमचन्द्र कार्की रहेका छन् ।

प्रथम,दोस्रो र तेस्रो भएका बिदार्थीहरुलाई क्रमशः २ हजार ५ सय,१ हजार ५ सय र १ हजार नगद र कदर–पत्रले सम्मान गरिएको थियो । उनीहरुलाई संघका केन्द्रिय सदस्य खतिवडा,प्रदेश सदस्य सन्तोष (सन्त) राई,संघका धनकुटा शाखा अध्यक्ष भवानीशंकर राईले सम्मान गर्नुभएको थियो ।

संघले आजै धनकुटा ३ स्थित भाषा मा.बि.मा रहेको बाल बिकास केन्द्रलाई शैक्षिक सामाग्री वितरण गरेको थियो । शाखाको रजत जयन्तीको अबसरमा यो बर्षभरी नै बिभिन्न कार्यक्रम गर्ने शाखा अध्यक्ष भवानीशंकर राईले जानकारी दिनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।