धनकुटाको जोरपाटी बजार सहित १ सय ५० घर धुरीलाई वितरण गरिएको खानेपानी बन्द

धनकुटा खबर । विद्यमान खानेपानी समस्या समाधानका गर्नका लागि धनकुटाको छथरजोरपाटी गाउँपालिका वडा न २ को जोरपाटीमा रहेको डीप बोरिङ्ग गर्ने मेसिनको मोटर विग्रीए पछि खानेपानी बन्द भएको छ ।

गाउँपालिकाको ६० प्रतिशत र उपभोक्ता समितीको ४० प्रतिशत लगानीमा गत चैतमा बोरिङ्ग मेसिन जोरपाटीमा राखिएको थियो । बोरिङ्ग गरी निकालिएको खानेपानी जोरपाटी बजार सहित अन्य स्थानका करिब १ सय ५० घर धुरीलाई वितरण गरिएको पानी अहिले बन्द भएको छथरजोरपाटी गाउँपालिका वडा न २ का अध्क्षय कृष्ण मगरले जानकारी दिए ।

खानेपानी बन्द भए पछि उपभोक्ताले भने बोरिङ्ग संचालन नगर्दा प्रयोग गरी आएको पानी प्रयोग गरि रहेको मगरले बताए । बिग्रिएको मोटर बनाई छिटो खाने पानी संचालनमा ल्याउन आफूले तारन्तार गरिरहेको समेत उनले बताए । यता गाउँपालिका अध्यक्ष शेरबहादुर लिम्बुले भने आफुले पानी बन्द भएको जानकारी पाए पनि अन्य जानकारी नभएको प्रतिकृया दिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।