केन्द्रिय समितीको बैठक सफल बनाउन उपसमिती गठन

धनकुटा खबर । यही पुस ६ र ७ गते धनकुटामा हुन गईरहेको नेपाल पत्रकार महासंघको केन्द्रिय समितीको बैठकलाई सफल गर्न विभिन्न उपसमिती गठन गरीएको छ ।

नेपाल पत्रकार महासंघ धनकुटाको सल्लाकार सहित बसेको कार्यसमितीको बैठले विभिन्न उपसमिति गठन गरेको हो । समितीले आवास व्यावस्थापन उपसमितीको संयोजकमा बरिष्ठ नगेन्द्र राई र सदस्यमा कविराज घिमिरे र माया राउतलाई राखेको छ ।

कार्यक्रम व्यास्थापन उप समिती संयोजकमा सचिव विदुर खवास र सदस्यमा दिलबहादुर राई र मानवी तामाङ्ग त्यस्तै भोजन व्यावस्थापन उप समितीमा कोषाध्यक्ष नारायण कुमार राई र सदस्यमा हरिबहादुर लम्जेल विकास घिमिरे र प्रमा मादेम्वा चयन गरेको सचिब विदुर खवासले जानकारी दिए ।

त्यस्तै स्वागत सत्कार उप समितिमा उपाध्यक्ष संयोजकमा सुखकला राई र सदस्यमा लुसी गच्छदार, सर्मिला राई , माया राउत, वालिका मादेन, प्रमा मादेम्वा, मानवी तामाङ्ग, जयन्ती राई र प्रसंशा लिम्वुलाई चयन गरेको र संस्कृतिक कार्यक्रम व्यावस्थापन उप समितिमा नरेन्द्र राई , सर्मिला राई, वालिका मादेन, मानवी तामाङ्ग, जयन्ती राई र प्रसंशा लिम्वुलाई चयन गरेको सहसचिव हरिबहादुर लम्जेलले जानकारी दिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।