दशैं तिहार पछि पाख्रीबास भित्रने पर्यटकको संख्या १६ हजार नाध्यो

धनकुटा खबर । पाख्रीवासको पर्यटकीय स्थल श्री संसारीमाई पूजा सिमसार क्षेत्रमा दशैं तिहार यता १६ हजार वढी पर्यटकहरु भित्रीएकाछन् ।

संसारीमाईपूजा सिमसार क्षेत्र संरक्षण समितिले दिएको जानकारी अनुसार कार्तिक र मंशीर दुई महिनामा करिव १६ हजार ५ सय ४१ आन्तरिक पर्यटकहरु त्यहाँ आएका हुन् । जसमध्ये वनभोजका लागि १ हजार ३ सय ४१, वोटिङ वा डुङ्गा शयर गर्ने २ हजार २ सय र घुम्न झण्डै १३ हजार पर्यटकहरु आएको समितिका सदस्य श्याम प्रकाश राईले जानकारी दिनुभयो ।

यहाँ गत मंशीर १० गते वाट डुङ्गा सञ्चालन गरिए सँगै पर्यटक आवागमनको क्रम वढेको हो । सिमसार क्षेत्रमा सिराहा,सप्तरी,झापा,मोरङ्,सुनसरी जिल्ला सहित पूर्व विभिन्न स्थानका पर्यटक आउने गरेकाछन् । यसरी पर्यटक आवागन वढे सँगै उनीहरुको सेवालाई ध्यानमा राख्दै सिमसारक्षेत्रमा रिसोर्ट पनि निर्माण भईरहेको छ ।

दुई महिना पछि सेवा सूचारु गर्ने लक्षका साथ ह्याङ् आउट रिसोर्ट निर्माणको काम जारी रहेको रिसोर्टका म्यानेजर कृष्ण राईले वताउनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।