आज धनकुटाका स्थानीय निकायको कामकाज ठप्प

विकास घिमिरे, धनकुटा खबर । संघिय सरकाले अध्यादेश मार्फत ल्याएको कर्मचारी समायोजन ऐनले स्थानिय तहका कर्मचारी लाई विभेद गरेको भन्दै आन्दोलनमा उत्रिएका स्थानिय निकायका कर्मचारीले आज धनकुटाका स्थानिय तहको कामकाज बन्द गरी कार्यलयमा धर्ना दिएका छन् ।

कर्मचारीले विरोधको कार्यक्रम अन्र्तगत आज कार्यलयको काम बन्द गरी धर्नामा बसेको नेपाल नगरपालिका कर्मचारी एसोशीयसनका प्रथम केन्द्रिय उपाध्यक्ष डम्बर रोगुले जानकारी दिनुभयो । अध्यादेश मार्फत ल्याईएको ऐनले साविक स्थानिय तहमा रहेका कर्मचारीरुको बृति विकास, प्रोत्सहान हुने र मनोवल उच्च हुनेकाम नगरेको र विभेद गरेको स्थानिय निकायका कर्मचारीहरुको गुनासो रहेको छ ।

आन्दोलनको कार्यक्रम अन्र्तगत आज पुस २ गते कामकाज बन्द गरी कार्यलयमा धर्ना बसेका छन् भने ३ गते २ घण्टा कालोपटी बाँधेर कामकाज ठप्प पार्ने पुस ४ गते ६ घण्टा कालोपटी बाँधेर कामकाज ठप्प पार्ने , ५ गते देखि १० गते सम्म लगातार कामकाज ठप्प पार्ने र ११ गते बाट अन्य आन्दोलनका अन्य कार्यक्रम घोषणा गर्ने कर्मचारीहरुको भनाई छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।