१ सय २६ घण्टा लगातार नाचेर ‘विश्व किर्तिमान’ राख्ने वन्दनालाई धनकुटामा सम्मान !

पत्रकार महासंघ केन्द्रको बैठक ल्याण्फिलड साईडमा :
नारायण कुमार राई, धनकुटा खबर । ‘फोहोर समस्या हैन समधान पनि हो’ भन्ने सन्देश दिने उदेश्यले नेपाल पत्रकार महासंघ केन्द्रिय समितिको पाँचौं पूर्ण वैठक धनकुटाको फोहर संकलन केन्द्र (ल्याण्ड फिल्ड) मा सुरु भएको छ ।

नेपालमा फोहोर एक प्रमुख समस्याको बेला धनकुटा नगरपालिकाको फोहोरमैला ब्यबस्थापन केन्द्रमा छिर्न भने पैसा तिर्न पर्छ । यो केन्द्र अवलोकन र पर्यटकीय क्षेत्रका रुपमा बिकास भएपछि यहाँ आउने हरेक समुह र संस्थाले डम्पििङ्ग साईड छिर्न रु ५ हजार तिर्न पर्छ ।

यसर्थ सदरमुकामस्थित रहेको उक्त फोहोर मैला केन्द्रमाथी बनाईएको सुन्दर फुलबारीमा शुक्रबार महासंघको २ दिने वैठक सुरु भएको हो ।

पत्रकार महासंघ धनकुटा शाखाको समन्वयमा शुरु भएको उक्त वैठकमा केन्द्रिय अध्यक्ष गोविन्द आचार्य सहित उपाध्यक्ष विपुल पोखरेल, सचिव दिलिप थापा मगर सहित ५९ सदस्यहरुको उपस्थिति छ ।

बैठकले बिधान संसोधन, न्यनतम पारिश्रमिक कार्यान्बायल लगायत बिषयमा छलफल केन्द्रित हुने सचिव थापामगरले जानकारी दिए । हरेक छ÷छ महिनामा बस्ने वैठक यसअघि उपत्यका वाहिर काभ्रेको धुलिखेल र लुम्विनिमा वसेको थियो ।

बैठकको शुरुवातमो स्वागत तथा सम्मान कार्यक्रममा विश्व किर्तिमान राख्न सफल धनकुटा महालक्ष्मी नगरपालिकाकी वन्दना नेपाललाई पत्रकार महासंघ धनकुटा शाखाले सम्मान गरेको छ । गएको महिना नेपालले १ सय २६ घण्टा निरन्तर नाचेर गिनिज वुक आफ वल्ड रेकर्डमा आफ्नो नाम लेखाएकी थिइन् ।

उनलाई प्रदेश सभा सदस्य निरन कुमार राई, पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्य र धनकुटा अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठले र धनकुटा नगरपालिकाकी उप मेयर सकुन्तला बस्नेतले कदर पत्र सहित सम्मान गरेका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।