धनकुटा सहित देशभर भव्यताका साथ उधौलि पर्व मनाईयो

धनकुटा खबर । किराँत राईहरुको महान तथा ऐतिहाँसिक चाड साकेला उधौलि आज धनकुटा सहित देशभर विविध कार्यक्रम गरी भव्यताका साथ मनाईएको छ ।

यो पर्वको अवसरमा धनकुटाको राकुवा टोल स्थित साकेला थानमा विधिवत रुपमा पूजा आराधना गरिएको छ । किराँत राई साकेला पार्क माङ्गखिम संरक्षण समिति धनकुटाको आयोजनामा भएको कार्यक्रममा किराँती दाजुभाई तथा दिदीवहिनीहरुले साकेला नृत्य प्रदर्शन गरेको समितिका अध्यक्ष सञ्जय सन्तोषी राईले जानकारी दिनुभयो ।

त्यस्तैगरी हिले, पाख्रीवास लगायत किराँतीहरुको वसोवास स्थान रहेका ग्रामीण क्षेत्रमा समेत आज यो पर्व मनाईएको छ । हरेक वर्षको मसिंर पूर्णिमाका दिन उधौंली पर्व पर्दछ, किराँती मान्यता अनुसार आजको दिनदेखि हिउँद शुरु भयो, हिँउदको शुरु भएलगत्तै लेकवाट बस्तुभाउ अनि चराचुरुंगी लेकबाट बेसीतिर बसाई सर्ने समय भएको संकेतका रुपमा लिइन्छ ।

साथै अन्नबाली भित्र्याइएको खुशीयालीमा यो पर्व मनाइन्छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖