‘विपीले अंगालेको मेलमिलापको निती अहिले पनि सान्धर्विक’
विकास घिमिरे, धनकुटा खबर । नेपाली कांग्रेस धनकुटाले राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा अन्तरक्रिया तथा बधाई कार्यक्रम सम्पन गरेको छ ।
नेपाली कांग्रेस धनकुटाका सभापती अग्नीप्रसाद पौडेलको सभापतीत्वमा भएको कार्यक्रममा आफ्नो पाटी बाट विभिन्न संघ संस्थामा विजयी भएकाहरु लाई बधाई दिएको छ । उसले नेपाल निर्माण व्यावसायी संघ धनकुटा, नेत्र ज्योती संघ धनकुटा, नेपाल प्रेस यूनियन धनकुटा र नेविसं धनकुटाको अधिवेश बाट निर्वाचित तथा मनोनित पदाधीकारी तथा सदस्यहरु लाई बधाई दिएको हो ।
अन्तरक्रिया तथा बधाई कार्यक्रमा बोल्दै नेताहरुले विपी कोइरालाले अंगालेको मेलमिलापको निती अहिले पनि सान्धर्विक रहेको बताएका थिए ।

कार्यक्रमा बेल्दै प्रमुख अतिथी तथा नेपाली कांग्रेसकी केन्द्रिय सदस्य सरिता प्रसाईले सरकार शान्ति सुरक्षा कायम गर्न पुर्ण रुपले सरकार असफल रहेको भन्दै देशलाई अस्तव्यस्त बनाएकोले अब नेपाली कांग्रेसले सरकारको रबैया हेरेर नबसी आन्दोलनमा उत्रीनु पर्ने बताउनु भयो ।
कार्यक्रमा प्रदेश सासंद लिला सुब्वा, नेपाली कांग्रेस धनकुटाका कोषाध्यक्ष दिनेश राई, विद्यार्थी नेता बालान्द दाहाल, नेत्री टिका भण्डारी यूवा नेता कमोट फागो शिक्षक संघका प्रदेश उपाध्यक्ष गंगाराम ढुगाना, अर्जन केसी, दोर्ण गुरागाई, हिमा चेम्जोङ्ग, नविन किशोर शाक्य लगायत नेताले बोलेका थिए भने कार्यक्रमको संचालन कांग्रेस सचिब विजय सन्तोषी राईले गरेका थिए ।


