ओखलढुङ्गामा १७ वर्षीया किशोरी माथि जबरजस्ती करणीको आरोपमा ४७ वर्षीय पुरुष पक्राउ
ओखलढुङ्गा । १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा ओखलढुङ्गाको मोलुङ गाउँपालिका–१ कुन्तादेवीका ४७ वर्षीय कमल बाँनिया पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय वरुणेश्वरबाट खटिएको प्रहरी टोलीले उनलाई शुक्रबार साँझ पक्राउ गरेको हो।
प्रहरीका अनुसार किशोरीमाथि जबरजस्ती करणी गरेको भन्दै परेको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


