सुनसरी र मोरङबाट लागू औषध सहित ४ जना पक्राउ
विराटनगर, कार्तिक १४ गते । सुनसरी र मोरङबाट लागू औषध ब्राउन सुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कार्तिक १३ गते सुनसरीको कोशी गाउँपालिका- १ बाट इलाका प्रहरी कार्यालय लौकहीले पैदल यात्री दुहवी नगरपालिका- ३ का दिपक परियार र उदयपुर बेलका नगरपालिक- ३ का बल बहादुर थापालाई २ ग्राम १७ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो ।
त्यस्तै झापाको झापा गाउँपालिका- ५ बाट प्रहरी चौकी शरणामतिले बाह्रदर्शी गाउँपालिका- २ का खड्ग राजवंशी र बाह्रदर्शी गाउँपालिका- १ का चैतन हेमरमलाई १ ग्राम ९५ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनिहरुको थप अनुन्सधान भईरहेको छ ।


