डिजेल ट्यांकर, ईभी र मोटरसाइकल ठोक्किँदा ९ जना घाइते

सञ्जय मिश्रा/  रौतहट, १३ कात्तिक। बाराको जितपुर सिमरा उपमहानगरपालिकामा डिजेल बोकेको ट्यांकर, ईभी हाइस र मोटरसाइकल एकआपसमा ठोक्किँदा नौ जना घाइते भएका छन्। घाइतेमध्ये केहीको टाउको, हात, खुट्टा र आँखामा चोट लागेको छ। सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

शुक्रबार दिउँसो करिब १२ बजे जितपुर सिमरा उपमहानगरपालिका–२१ स्थित अमलेखगञ्जमा नेपाल आयल निगमको डिपो नजिकै हेटौँडा–पथलैया सडकखण्डमा दुर्घटना भएको हो।

प्रहरीका अनुसार अमलेखगञ्जबाट जनकपुरतर्फ जाँदै गरेको ना.४ ख २३४९ नम्बरको डिजेल ट्यांकर र वीरगञ्जबाट हेटौँडातर्फ आउँदै गरेको ग.२ ख १९९३ नम्बरको ईभी हाइस एकआपसमा ठोक्किएका थिए। सोही क्रममा ईभीको पछाडिबाट आइरहेको अनटेस्ट मोटरसाइकलसमेत ईभीमा ठोक्किएपछि दुर्घटना भएको हो।

दुर्घटनामा ट्यांकर चालक बारा जितपुर सिमरा–१६ का ५० वर्षीय चेतनाथ खरेल, ईभी चालक कास्की पोखरा–५ का ३८ वर्षीय आशिष मल्लसहित ईभीमा सवार यात्रुहरू घाइते भएका छन्।

घाइते हुनेमा वीरगञ्ज–२ की ४५ वर्षीया समिना खातुन र उनकी करिब २५ वर्षीया छोरी सखीना खातुन, जितपुर सिमराकी २२ वर्षीया आशिका श्रेष्ठ, पोखरा–१८ साराङकोटका ४३ वर्षीय मनोज थापा क्षेत्री, भारत बिहार पूर्वी चम्पारणका ७० वर्षीय नवल किशोर साह, बाराको प्रसौनी–२ का २४ वर्षीय कुनिल पण्डित कुम्हार तथा भारत पश्चिम बंगालकी २६ वर्षीया साबनि दास रहेका छन्। मोटरसाइकल चालक सुनसरी धरान–१६ का २४ वर्षीय सरोज गुभाजु पनि घाइते भएका छन्।

घाइतेहरूको अमलेखगञ्जस्थित स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। केही घाइतेलाई नोभाकेयरमा समेत उपचारका लागि लगिएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि ईभी हाइस सडकमा चल्न नसक्ने अवस्थामा पुगेको थियो। घटनास्थलमा इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट वरिष्ठ प्रहरी नायब निरीक्षक प्रकाशकुमार खत्रीको कमान्डमा ट्राफिकसहितको टोली खटिएको थियो।

प्रहरीका अनुसार दिउँसो १ बजेर ५५ मिनेटमा सडकको दुवैतर्फको आवागमन पुनः सञ्चालन गरिएको छ। दुर्घटनामा संलग्न तीनवटै सवारीसाधन नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अमलेखगञ्जमा राखिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी मीनबहादुर घलेले जानकारी दिएका छन्।

यसैबीच, चक्रवातको प्रभावका कारण मौसम प्रतिकूल रहेकाले सवारीसाधन चलाउँदा विशेष सावधानी अपनाउन जिल्ला प्रहरी कार्यालय बाराले चालक तथा सर्वसाधारणलाई आग्रह गरेको छ। प्रहरीले तीव्र गति र लापरबाहीबाट हुने दुर्घटनाबाट बच्न सुरक्षित रूपमा यात्रा गर्नसमेत अनुरोध गरेको छ। ए आईको मद्दतले तयार पारिएको सांकेतिक तस्वीर।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖