धनकुटाबाट तीन जना गरि कोशीमा लागू औषध सहित ८ जना पक्राउ

विराटनगर, कार्तिक १३ गते । झापा, मोरङ, सुनसरी र धनकुटाबाट लागू औषध सहित ८ जनालाई पक्राउ गरिएको छ ।

कार्तिक १२ गते मोरङको इलाका प्रहरी कार्यालय मधुमल्लाले चेकजाँचको क्रममा मिक्लाजुङ गाउँपालिका- ७ का कुशल दाहाल र शिवसताक्षी नगरपालिका- ८ का सन्तोष सार्कीलाई ५४० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

यसै गरी प्रहरी चौकी इटहराले उर्लाबारी-९ का प्रताप बिश्वकर्मलाई २० ग्राम गाँजा सहित र झापा दमक- ४ का सुमन सुवेदीलाई ट्रामाडोल- ६६ क्याप्सुल र स्पास्पेन ८६ ट्याबलेट सहित नियन्त्रणमा लिएको छ ।

त्यसै गरी झापाको इलाका प्रहरी कार्यालय सुरुङगाले कन्काई नगरपालिका- ४ का संजय चौधरीलाई ७७० मिलिग्राम ब्राउन सुगर सहित, धनकुटाको प्रहरी चौकी हिलेले धनकुटा नगरपालिका-१ का शिसिर बस्नेत र पाख्रीबास नगरपालिका- ५ का सुरज तामाङलाई २ ग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय भेडेटारले साँगुरीगढी गाँउपालिका- ४ का डम्बर इवा लिम्बुलाई १० किलोग्राम गाँजा सहित उनकै घरबाट पक्राउ गरेको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖