धनकुटाको हिले प्रहरी चौकीमा कार्यरत प्रहरी नायब निरीक्षक कटुवाल बने असोज महिनाको उत्कृष्ट प्रहरी

हिराराज राई, धनकुटा । धनकुटाको हिले प्रहरी चौकीमा कार्यरत प्रहरी नायब निरीक्षक दिपक कटुवाल असोज महिनाको ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषित भएका छन्।

जिल्ला प्रहरी कार्यालय धनकुटाले विभागीय मूल्य–मान्यता, आदेश तथा निर्देशनको पालना गर्दै आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेको भन्दै कटुवाललाई ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषणा गरेको जनाएको छ।

प्रहरीका अनुसार कटुवालले विशेष सूचनाका आधारमा लागुऔषध कारोबारमा संलग्न व्यक्तिलाई पक्राउ गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। गत असोज ९ गते राति करिब ८:४५ बजे धनकुटा नगरपालिका–१ स्थित एक होटलमा लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा गरिएको कारबाहीमा सुनसरीको बराहक्षेत्र नगरपालिका–२ निवासी ३७ वर्षीय मनिष अधिकारी पक्राउ परेका थिए।

उक्त कारबाहीका क्रममा प्रहरीले अधिकारीको साथबाट ३ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर बरामद गरेको थियो। सो कारबाहीमा कटुवालले सक्रिय भूमिका निर्वाह गरेका थिए।

लागुऔषध नियन्त्रण, शान्ति सुरक्षा कायम गर्ने कार्यमा देखाएको सक्रियता, जिम्मेवारीप्रतिको प्रतिबद्धता तथा उत्कृष्ट कार्यसम्पादनको कदर गर्दै प्रहरी नायब निरीक्षक कटुवाललाई असोज महिनाको ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖