नक्कली नोटको कारोबार गर्ने दुई जना पक्राउ, २५ हजार ५ सय रुपैयाँ बरामद

रौतहट १४ कार्तिक। नक्कली नेपाली रुपैयाँ बोकेर हिँडिरहेका दुई जनालाई प्रहरीले सिरहाबाट पक्राउ गरेको छ। उनीहरूको साथबाट २५ हजार ५ सय रुपैयाँ बराबरका नक्कली नोट बरामद गरिएको छ।

बुधबार राति करिब ९ बजे सिरहा नगरपालिका–७ स्थित महावीर चोकदेखि शिव चोकतर्फ जाने हुलाकी सडकमा प्रहरीले शंकास्पद अवस्थामा पैदल हिँडिरहेका दुई जनालाई नियन्त्रणमा लिएर खानतलासी गर्दा नक्कली नोट फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार विशेष सूचनाको आधारमा प्रहरी निरीक्षकको कमाण्डमा परिचालित टोलीले उनीहरूलाई जाँच गरेको थियो।

पक्राउ पर्नेमा कल्याणपुर नगरपालिका–८ निवासी ३५ वर्षीय मोहमद मुस्तुफा हुसेन र ३२ वर्षीय समिर मियाँ रहेका छन्।
प्रहरी प्रवक्ता एवं डीएसपी रमेशबहादुर पालका अनुसार पक्राउ परेका दुवै जनाको साथबाट ५०० दरका ३ थान र १ हजार दरका २४ थान गरी कुल २७ थान नक्कली नोट बरामद भएको छ। बरामद नोटको कुल अंकित मूल्य २५ हजार ५ सय रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

नक्कली नोटसहित पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको छ। उनीहरूले उक्त नोट कहाँबाट ल्याएका थिए र यसको प्रयोग वा कारोबारमा अन्य व्यक्तिको समेत संलग्नता छ कि छैन भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖