विद्युत् सर्ट भएर अम्बे स्टिल कम्पनीमा लागेको आगो नियन्त्रणमा

काठमाडौं, १५ कात्तिक । बाँकेको जानकी गाउँपालिका–५, बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा लागेको आगो नियन्त्रणमा आएको छ । आइतबार बिहान करिब ५:४० बजे विद्युत् सर्ट भएर कम्पनीभित्र लागेको आगो पाँच घन्टापछि नियन्त्रणमा आएको हो ।

आगलागीमा परी बाँकेका पाँच र भारतको बहराइच जिल्लाका तीन गरी आठजना घाइते भएका छन् । घाइते सबैलाई उपचारका लागि भेरी अस्पताल, नेपालगञ्ज पठाइएको थियो । तीमध्ये बाँकेका शिवप्रसाद चमार र रामदिन हरिजनलाई थप उपचारका भारतको लखनउ रिफर गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घाइते हुनेमा जानकी गाउँपालिका-५ का २८ वर्षीय शिवप्रसाद चमार, २२ वर्षीय रामदिन हरिजन, २४ वर्षीय प्रेम धोबी, २९ वर्षीय दिलीपकुमार यादव र ३५ वर्षीय लक्ष्मीराम यादव छन् । 

त्यस्तै, भारतको बहराइच जिल्लाको कठौतियाका २९ वर्षीय राजकुमार, २४ वर्षीय नशिवकुमार निषाद र २५ वर्षीय विनोदकुमार निषाद पनि घाइते भएका छन् ।

आगलागीको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खजुरा खुर्दबाट प्रहरी वरिष्ठ नायब निरीक्षक लुद्रबहादुर केसीको कमान्डमा पाँच जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।

नेपालगञ्ज उपमहानगरपालिकाका दुई र कोहलपुर नगरपालिकाको एक दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीयवासीको सहयोगमा आगो बिहानै पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो ।
 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖