धनकुटाको शहिदभूमि गाउँपालिकाले गर्यो विपन्न परिवारका २० जनालाई उपचारमा सहयोग

धनकुटा खबर । धनकुटाको शहिदभूमि गाउँपालिकाले विपन्न परिवारका २० जनालाई उपचारका लागि आर्थिक सहयोग गरेको छ ।

विपन्न परिवार लाई लत्क्षित गदै जटिल रोगको उपचारमा सहयोग गर्ने निर्णय अनुसार सहयोग गरिएको छ । गाउँपालिकाले स्थानीय विपन्न परिवारका सदस्यहरुलाई लागेका जटिल किसिमका रोग उपचारमा सहयोग पुराउन भन्दै यातायातका लागि खर्च वापत प्रति विरामी ५ हजार रुपैयाँका दरले रकम सहयोग गदै आएको हो ।

गाउँपालिकाले गत असोज महिनामा गाउँ सभाबाट पारित गदै ५ लाख बरावरको अनुदान तथा विपन्नता सहायता कोष खडा गदै स्थानीय विपन्न परिवारलाई सहयोगको थलानी गरेको गाउँपालिका अध्यक्ष मनोज राईले जानकारी दिए ।

राईले भने ‘दिर्घ रोगी जो उपचारमा हैरानी भएकाहरुलाई गाउँपालिकाको तर्फबाट स्वास्थ्य उपचार केन्द्र,अस्पताल सम्म पुग्न सक्ने वातावरण बनाउन एम्वूलेन्स खर्च वापतको रकम सहयोग गरिएको हौ ’८ महिला र १२ जना पुरुषले उक्त सहायता कोषबाट रकम प्राप्त गरिसकेको गाउँपालिकाका प्राविधिक कर्मचारी हरीकुमार राईले जानकारी दिए ।

५ लाखको कोषबाट गाउँपालिकाका एक सय जना विपन्न परिवारका दिर्घ रोगीहरुलाई सहयोग पुराउने लक्ष्य रहेको गाउँपालिकाले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।