पर्यटक आर्कषित गर्न धनकुटाका अग्ला डाडाँमा भ्यूटावर !

धनकुटा खबर । आन्तरिक तथा वाह्रय पर्यटक लाई आकर्षित गर्न र नयाँ पर्यटकीय स्थलको रुपमा विभिन्न स्थान लाई चिनाउँन पछिल्लो समय धनकुटामा भ्यूटावर बनाउने क्रम बढ्दै गएको छ ।

जिल्लाका केही स्थानमा भ्यूटावर निर्माण भइसकेका छन् भने केही स्थानमा वन्ने क्रममा छन् । भ्यूटावर रहेका स्थान आन्तरिक तथा वाह्रय पर्यटकको रोजाइमा पर्न गरेकोले समेत अग्ला डाडाँमा भ्यूटावर बनाउँने गरिएको छ ।

चौविसे गाउँपालिकाको जेफाले, साँगुरीगढी गाउँपालिका ध्वजेडाँडा र ओख्रे डाँडा, धनकुटा नगरपालिका को चुलिवन डाँडा, सहिदभूमि गाउँपालिकाको पातल डाँडा लगायतका स्थानमा भ्यूटावर निर्मण भई सकेका छन् भने केही स्थानमा भ्यूटावर निर्माण हुने क्रममा छन् । साँगुरीगढी गाउँपालिका वडा नं.–५ ओख्रे डाँडामा भ्यूटावर वनेसँगै ओख्रे बजारमा चहलपहल वढेको छ । भेडेटार घुम्न आउने पर्यटकहरु ओख्रेको भ्यूटावर घुम्न आउने गर्छन् ।

ओख्रे बजारमा भेटिएका मोरङ्गका राजीवकुमार कुशुवहाले भने “हामी जस्तो तराईमा बस्ने हरुका लागि पहाडको अग्लो स्थानमा आएर यसरी टावरमा चडेर पहाड हेर्न पाउँदा न्यादै रमाइलोर अचम्म हुने रहेछ” । मौसम सफा भएको बेला भ्यूटावरबाट मकालु, कुम्भकर्ण हिमाल लगायत तराइका फाँट स्पष्ट देखिन्छ ।

सोही गाउँपालिकाको डाडाँबजार स्थित ध्वजेडाँडामा रहेको भ्यूटावरमा पर्यटकको चहलपहल पनि पछिल्ले समय वढेको छ । यहाँ बिशेषत सूर्योदय र सूर्यास्त हेर्नको लागि परिचित रहेको छ । यो डाँडामा भ्यूटावर वनेसँगै घुम्न आउने पर्यटकको चहलपहल वढेको वडाध्यक्ष पलकबहादुर वस्नेतले बताए ।

जेफाले डाँडा धनकुटा र मोरङ जिल्लाको सीमावर्ति क्षेत्रमा पर्छ । सो भ्यूटावरबाट तराईका फाँटसँगै कुम्भकर्ण, मकालु हिमश्रृंखला देख्न सकिन्छ । यता धनकुटा सदरमुकाम नजिकै रहेको चुलिवन डाँडामा भ्युटावर निर्माणको काम अन्तिम चरणमा पुगेको छ । चुलिवन डाँडाबाट सलल वगेको तमोर नदिसगै हिमश्र्रंखला देखिन्छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।