जनजातीको सवालमा पूर्व एमाले स्पस्ट छैन : नेता आले
डाक्टर केसीको माग जायज
धनकुटा खबर । नेकपाका केन्द्रिय सदस्य सुरेश आले मगरले पुरानो एमाले जनजातीको सवालमा स्पस्ट नभएको बताएका छन् ।
“जनजातीको सवाल लाई कसरी हेर्ने भन्ने कुरामा पूर्व एमालेका शिर्ष नेताहरु स्पष्ट छैनन् ।” फोनिजले आइतबार धनकुटा सदरमुकाममा गरेको पत्रकार सम्मेलनमा नेता आलेले शासकहरुमा पुरानै सोच कायम रहेकाले जनजातिले उठाएका परिवर्तनका मुद्धा सम्बोधन नभएको जिकिर गरे ।
कम्यूनिष्टहरुको कुनै धर्म नहुने भन्दै उनले पुराण उद्घाटन गर्दै हिड्ने आफ्नै शीर्ष नेता र केहि समय अघि राज्य संयन्त्र परिचालन गरेर गरिएको एसिया प्यासेफिक सम्मेलन प्रति असन्तुष्टि पोखे । मुलुक संघियतामा गए पनि त्यसको मर्म अनुसार व्यावहार नभएको भन्दै उनले सरकारको गति समेत सुस्त रहेको बताए ।

फरक प्रशंगमा बोल्दै नेता आलेले दुर दराजमा मेडिकल कलेज खोल्नु पर्छ भन्ने डाक्टर केसीको माग जायज भएको भन्दै डाक्टर केसी र सरकार दुबै सहमतीमा आउनु पर्ने बताए । उनले भने, “डा.केसीका माग नाजायज हुन भने नाजायज हुन भन्न सक्नु पर्छ, होइन, जायज भए पुरा गर्नु सरकारको दायीत्व हो ।”


