धनकुटाको गोकुण्डेश्वर मावि जिल्लाकै उत्कृष्ट !

धनकुटा खबर । धनकुटाको गोकुण्डेश्वर माध्यमिक विद्यालयले प्रदेश एकको सामाजिक विकास मन्त्रालयबाट यस बर्षको उत्कृष्ट विद्यालय प्रोत्साहन अनुदान प्राप्त गरेको छ ।

सिकाइ उपलब्धी, भौतिक, प्रशासनिक र उच्च शैक्षिक उपलब्धी जस्ता सूचकमा जिल्लाका ७६ माध्यमिक विद्यालय मध्ये उत्कृष्ठ ठहरिएको भन्दै प्रदेश एक सरकारको सामाजिक विकास मन्त्रालयबाट सदरमुकामको गोकुण्डेश्वर माध्यमिक विद्यालयले प्रोत्साहन अनुदान स्वरुप पाँच लाख रुपैयाँ नगद प्राप्त गरेको हो ।

विद्यालयमा आयोजित कार्यक्रममा प्रदेश एकको सामाजिक विकास मन्त्रालयका सचिव हरीप्रसाद दाहालले विद्यालय प्रशासनलाई पाँचलाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । यस्तै उत्कृष्ठ नतिजा ल्याउने चारजना शिक्षक पनि पुरस्कृत भएका छन् ।

सोहि समारोहमा गोकुण्डेश्वर माविका प्रधानाध्यापक यज्ञप्रकास चापागाईलाई नगद ११ हजार रुपैयाँ तथा शिक्षकहरु गंगाराम ढुंगाना, जमुना अधिकारी र सिन्धु श्रेष्ठलाई जनहि तीनहजार रुपैयाँले पुरस्कृत गरिएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।