धनकुटाको चुलीवनबाट प्याराग्लाइडिङको सफल परीक्षण
धनकुटा खबर । धनकुटाको चुलीवनबाट प्याराग्लाइडिङको सफल परीक्षण गरिएको छ । धनकुटा नगरपालिकाले पर्यटन प्रवद्र्धन तथा सम्भाव्यता अध्यनका लागि सो साहसिक खेल प्याराग्लाइडिङको विहिवार सफल परीक्षण गरेको हो ।
धनकुटा नगरपालिका वडा नं ७ र ८ मा पर्ने चुलीवनबाट परीक्षण उडान गरेको थियो । कोशी एडभेञ्चर प्रालि इटहरीको प्राबिधिक सहयोगमा सञ्चालक राम राईले चुलीवनबाट टेण्डम उडान गर्नुभएको हो । पर्यटकीयस्थल चुलीवनबाट भएको उडान वडा नं ८ स्थित तमोर नदी किनारको याक्चना घाटमा सफल अवतरण भएको थियो ।
प्याराग्लाइडिङ सम्भाव्यता अध्यनका लागि धनकुटा नगरपालिका ले रु ३ लाख छुट्एको छ ।साथै धनकुटा नगरपालिकाले पर्यटन प्रवद्र्धनका लागि यक्चना मुलघाट यक्चना चतरा र्याफ्टीङ सञ्चालन सम्भाव्यता अध्यन हुने पनि धनकुटा नगरपालिकाका कार्यक्रम संयोजक बिकाश अधिकारी बताउनुभएको छ ।


