निरन्तर बर्षातले धनकुटामा १० लाख बढीको क्षती
धनकुटा खबर । निरन्तरको वर्षातले धनकुटामा १० लाख ३३ हजार वढी क्षती पुर्याएको छ ।
जिल्लाको धनकुटा,महालक्ष्मी,पाख्रीवास नगरपालीका,चौविसे, छथरजोरपाटी शहिदभूमि र सागुरीगढी गाउँपालिकाको विभिन्न स्थानका २ सय ५० भन्दा धेरै घरहरु पहिरोको उच्च जोखिममा रहेको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ । ६ घरपरिवार पूर्ण रुपमा विस्थापित भएकाछन् ।
विस्थापीत परिवार छरछिमेककोमा आश्रय लिएर वसिरहेकाछन् । धनकुटा ७ मा वडाध्यक्षले ७० वटा पाल र महालक्ष्मी नगरपालिकाको ५ नं वडामा नगरपालिकाले केही राहत वितरण गरे वाहेक अन्यलाई राहत पनि वितरण गर्न नसकिरहेको प्रहरीले जनाएको छ ।

७ स्थानिय तह मध्ये धनकुटा नगरपालिकाको ७ नं वडामा वढी क्षती पुगेको छ । यहाँ टेक वहादुर श्रेष्ठ,नारायण श्रेष्ठ,विमला र कमला श्रेष्ठको घरमा वढी क्षती पुगेको जनाईएको छ । पानी अझै परिरहेकोले यो तथ्यांक वढ्न सक्ने प्रहरकिो भनाई छ ।
विभिन्न स्थानि तहका सडकहरु चर्किएको,निगाले सिमेन्ट उद्योगको कम्पाउण्ड समेत जोखिममा रहेको प्रहरीले वताएको छ । यता हिले भोजपुर सडकखण्ड अन्र्तगत सिंहदेवी चोकदेखी झण्डै अढाईसय मिटर यता हिले साईड र पाख्रीवास वजार नजिक कै खसेको पहिरो भने नेपाल प्रहरी,ट्राफिक प्रहरी र स्थानिय जनप्रतिनीधिले हटाएको पाख्रीवास नगरपालिका ४ का वडाध्यक्ष शोवित निरौलाले वताउनुभयो ।
पाख्रीवासको वडा नं ३,४,५ को विभिन्न स्थानमा वर्षातको कारण भएको विपतमा प्रहरी सहित जनप्रतिनीधि उद्धार कार्यमा खटेको उहाँको भनाई छ ।


