धनकुटामा थपिए ६ सय ६८ उद्योग !
धनकुटा खबर । घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय धनकुटामा आर्थिक बर्ष २०७५-०७६ मा ६ सय ६८ उद्योग थप भएका छन् ।

यसरी थप हुने उद्योगमा सेवा, उद्योग लगायतका रहेका छन् । उद्योग तर्फ ५ सय ३७ र बाणिज्य तर्फ १ सय ३१ उद्योग आर्थिक बर्ष २०७५÷ ०७६ मा थप भएको घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय धनकुटा निर्देशक दिपक पौडेलले जानकारी दिनु भयो ।
धनकुटामा आर्थिक बर्ष २०७५÷ ०७६ मा ६ सय ६८ उद्योग थपिए संगै दर्ता भएर संचालन भएका उद्योग र वाणिज्य तर्फ गरी ३ हजार ३ सय ४१ उद्योग पुगेको निर्देशक पौडेलले जानकारी दिनु भयो ।


