तम्मोर नदीमा हा’मफालेर एक व्यक्ति वेप’त्ता !

धनकुटा खबर, श्रावण १४ । धनकुटाको मुलघाट स्थित तम्मोर नदीमा हामफालेर आज एक व्यक्ति वेपत्ता भएकाछन् ।

वेपत्ता हुनेमा धरान उपमहानगरपालिका वडा नं ८ का ५८ वर्षका राजकुमार श्रेष्ठ रहेकाछन् । जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रमुख सुदर्शन कोईरालाका अनुसार विहान ११ वजेतिर मुलघाट आएका उनी नजीकै भेटिएका मानिस सँग पनि वोलेर नमस्कार समेत गरी केहीवेर किनारमा वसेर नदीमा हामफालेका हुन् ।

उनको अहिले नेपाल प्रहरी र श सस्त्र प्रहरीको टोलिले खोजी कार्य जारी राखेको छ । श्रेष्ठ यसअघिपनि नदीमा हामफल्छु भन्दै तम्मरमा आएको र परिवारले सम्झाएर लगेको वुझिएको प्रहरी प्रमुख कोईरालाले जानकारी दिनुभयो ।

आजपनि उनी त्यसरी नै हिडेपछि परिवारले धरान प्रहरीमा जानकारी गराएको तर खोजीका लागि आउदा आउदै श्रेष्ठ नदीमा हामफलेर वेपत्ता भएको प्रहरीको भनाई छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।