प्रेस स्वतन्त्रता विरोधी प्रावधान हटाउन माग गर्दै प्रेस युनियन धनकुटाले सरकारलाई पठायो ज्ञापन पत्र

शर्मिला राई, धनकुटा खबर । नेपाल प्रेस युनियन धनकुटाले पत्रकारहरुको भौतिक तथा पेशागत सुरक्षाको सूनिश्चित गर्न मिडिया काउन्सिल बिधेयकमा उल्लेख प्रेस स्वतन्त्रता विरोधी प्रावधान हटाउन माग गर्दै नेपाल सरकारलाई ज्ञापन पत्र पठाएको छ ।

राजनीतिक पूर्वाग्रहको आडमा विभिन्न सरकारी सञ्चार माध्यमवाट हटाईएका व्यवसायीक सञ्चारकर्मीलाई अविलम्व पुर्नवहाली गर्नुपर्र्ने र मिडिया काउन्सिल विधेयकमा भएका प्रेस स्वतन्त्रता विरोधी प्रावधान हटाएर मात्र पास गर्न माग गर्दै प्रेस युनियनले प्रमुख जिल्ला अधिकारी डा।कृष्ण वहादुर घिमिरे मार्फत नेपाल सरकार समक्ष ज्ञापन पत्र पठाएको हो ।

नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ,नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष विजय सन्तोषी राई,नेपाल प्रेस युनियन धनकुटाका अध्यक्ष हिमा चेम्जोङ्गले धनकुटाका प्रमुख जिल्ला अधिकारी डा। घिमिरेलाई ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन पत्र वुझ्दै प्रमुख जिल्ला अधिकारी घिमिरेले पत्रकारहरुको वारेमा सरकारलाई जानकारी गराई सहयोग गर्ने वताउनुभयो ।

ज्ञापनपत्र पेश गर्न गएको टोलिमा पत्रकार महासंघ धनकुटाका पूर्व अध्यक्ष तथा प्रेस युनियन धनकुटका पूर्व अध्यक्षहरु मोहन वान्तवा,खगेन्द्र घिमिरे,नेपाल पत्रकार महासंघ धनकुटका सचिव विदुर खवास,नेपाल प्रेस युनियनका केन्द्रिय पार्षदहरु सुमना तिम्सिना,बिनोद घिमिरे,नेपाल प्रेस युनियन धनकुटाका उपाध्यक्ष नरेन्द्र कश्चित,लगायतको उपस्थिती थियो ।

रेडियो नेपाल सुदरपश्चिम प्रादेशिक केन्द्र दिपायलमा लामो समयदेखी कार्यरत ३ जना व्यावसायिक पत्रकार सहित अन्य सकारी सचारमाध्यमबाट पुराना व्यावसायिक पत्रकारहरुलाई हटाउने र स्टिङगर रिर्पोटरहरुको समेत म्याद थप नगरी कार्यकर्ता भर्तीकेन्द्र बनाउने काम धमाधम भैरहेको भन्दै यस प्रकारको कार्य अविलम्व बन्द गर्न समेत ज्ञापन पत्र मार्फत सरकार संग माग गरिएको छ । यदि माग पूरा नभए नेपाल प्रेस युनियन आन्दोलन गर्न वाध्य हुने ज्ञापन पत्रमा उल्लेख छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।