हिले माविमा सिसि क्यामेरा जडान र ईलेक्ट्रोनिक मेशीनवाट हाजीरी शूरु

धनकुटा खबर । धनकुटा १ हिले स्थितको हिले माद्यमिक विद्यालयमा सिसि क्यामेरा जडान र ईलेक्ट्रोनिक मेशीनवाट हाजीरी गर्न शूरु गरिएको छ ।

विद्यालयको शैक्षिक क्रियाकलापलाई चुस्त राख्न र शैक्षिक गुणस्तर थप वृद्धी गर्नका लागि उल्लेखित कार्य गरिएको विद्यालयले जनाएको छ । विद्यालयका प्रधानाध्यापक खगेन्द्र आचार्यका अनुसार धनकुटा नगरपालिका १ नं वडा कार्यलयको आर्थिक सहयोग मार्फत विद्यालयलाई १८ वटा सिसि क्यामरा र एउटा ईलेक्ट्रोनिक हाजीरी मेशीन प्राप्त भएको हो ।

विद्यालयमा सिसि क्यामरा जडान गरिएसँगै वालमैत्री शिक्षामा थप सहयोग पुग्ने,विद्यार्थीहरुलाई अनुशासित हुन सर्तक गराउने,विद्यार्थी र शिक्षकलाई नै समय मै विद्यालय आउन जान सघाउ पुर्याउने अपेक्ष गरिएको छ ।

त्यस्तै ईलेक्ट्रोनिक मेशीनको सहायतामा हाजिरी गर्न शूरु भएपछि शिक्षकलाइ समयमै विद्यालय आउन प्रेरित गर्ने,समयको परिपालना गर्ने जस्ता फाईदा हुने प्रधानाध्यापक आचार्यले वताउनुभयो ।

विद्यालयमा सुचारु भएका यी सेवाहरुको एक कार्यक्रमको वीच धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङ,वाडाध्यक्ष निरेन तामाङ,शिक्षक अभिभावक संघका संयोजक लालचन गोङवा,विद्यालयका विभिन्न वालक्लव समूह र शिक्षकहरुको उपस्थितीमा उद्घाटन समेत गरिसकिएको उहाँले वताउनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।