जिसस धनकुटाका प्रमुखले किसानहरुलाई दिए यस्तो सुझाब…

धनकुटा खबर । जिल्ला समन्वय समिति धनकुटाका प्रमुख टंक बहादुर चौहानले कुन प्रजातिको विरुवा कस्तो ठाउँमा राम्रो उत्पादन हुन्छ भन्ने पहिचान गरी बिरुवाहरु लगाउन कृषकहरुलाई सुझाव दिनुभएको छ ।

धनकुटामा आज सम्पन्न पारिवारिक नीजि बन संघ नेपाल जिल्ला कार्य समिति धनकुटाको जिल्ला स्तरीय अभिमुखीकरण तथा प्रथम जिल्ला अधिवेशनलाई सम्वोधन गर्दै उहाँले किसानहरुलाई त्यस्तो सुझाव दिनुभएको हो ।

जसका लागि स्थानिय तहले सहयोग गर्ने समेत प्रमुख चौहानले वताउनुभयो । पारिवारिक निजि बन संघ नेपाल जिल्ला तदर्थ समिति धनकुटाको आयोजनामा भएको कार्यक्रममा पारिवारिक निजी बन संघ नेपाल केन्द्रीय अध्यक्ष जोगराज गिरीले बिषय बस्तु वारे प्रकाश पार्नु भएको थियो ।

कार्यक्रममा प्रदेश कमिटी संयोजक तथा केन्द्रीय सदस्य लक्ष्मण पाठक , धनकुटा नगरपालिकाका उपप्रमुख सकुन्तला बस्नेत , पाख्रीबास नगरपालिकाका उपप्रमुख देवकला तिम्सिना , फेकोफन प्रदेश सचिव राजेन्द्र खड्का , फेकोफन धनकुटा जिल्ला अध्यक्ष निल बहादुर थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

पारिवारिक निजि बन संघ नेपाल जिल्ला तदर्थ समिति धनकुटाको आयोजनामा भएको कार्यक्रममा राम्चे अर्गानिक चिया उत्पादक सहकारी संस्था लिमिटेड पाख्रिबास अध्यक्ष मदन राईले उपस्थित अतीथिहरुलाई चिया रङ्ग उपहार समेत प्रदान गर्नु भएको थियो । कार्यक्रम तदर्थ समितिका जिल्ला अध्यक्ष गोपाल भट्राईको अध्यक्षतामा सम्पन्न भएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।