लागु’औ’षध प्रयोग कर्तालाई सुधार गर्न धनकुटामा पनि सुधार केन्द्र !
विकास घिमिरे, धनकुटा खबर । धनकुटामा लागु औषध प्रयोग कर्ताहरु लाई सुधार गर्नका लागि सुधार केन्द्रि स्थापना गरीएको छ । परिवर्तन पुर्नस्थापना केन्द्रले धनकुटा सदमुकामा सुधारकेन्द्र स्थापना गरेको धनकुटामा आज पत्रकार संमेलन गर्दे केन्द्रकी अध्यक्ष कुशुम रानाले जानकारी दिनु भयो ।
३५ जना क्षमताको केन्द्रमा हाल १० जना लाई राखि सकिएको रानाले बताउनु भयो । समाजमा लागु औषध प्रयोग कर्ता बढदै गएको र त्यसको व्यावस्था र रोग थाम चुनौती पुर्ण बन्दै गएको र त्यस बाट पारिवारी र सामाजीक समस्या उत्पन्न भएकोले त्यसको व्यावस्थापन र लागु औषधको कुलतमा फसेकाहरु लाई समाजमा पुर्नस्थापना गराउनु मुख्य लक्ष्य भएको केन्द्रका उपाध्यक्ष सुयम श्रेष्ठले जानकारी दिए ।
१६ बर्ष माथी उमेर समुह लाई राखिने केन्द्रमा १ जना लाई राखिए बापत सेवा शुल्क मासिक १२ हजार लिने निर्णय समेत भएको केन्द्रले जनाएको छ । केन्द्र खोल्नका लागि ३५ लाख लगानी भएको र हाल पुरुषहरु मात्र रहेको केन्द्रिमा महिलाहरु लाई राख्ने व्यावस्था गरिने केन्द्रिकी अध्यक्ष रानाले बताईन् ।


