सेल्फि व्रीज बन्दै धनकुटास्थित नमस्ते झरना !

धनकुटा खबर । सागुरीगढी गाउँपालिका सिम्सुवा धनकुटाको चर्चित पर्यटकीय स्थल नमस्ते झरनामा सेल्फि व्रीज वनिरहेको छ । थप पर्यटक आकर्षण गर्न तथा रमाईलो प्रदान गर्न करिव ३० फुट लामो सेल्फि व्रीज निर्माणको काम अन्तिम चरणमा पुगेको नमस्ते झरना व्यवस्थापन समितिका अध्यक्ष दिलिप लिम्वुले जानकारी दिनुभयो ।

गत असार मसान्त अघिवाट थालिएको सेल्फि ब्रीज निर्माण कार्य वर्षातको कारण झण्डै एक महिना रोकिएपछि अहिले पुन सूचारु गरिएको हो । पर्यटन कार्यलय काकड भिट्टाको आर्थिक लगानीमा ब्रीज वनाउदै गरिएको हो ।

अध्यक्ष लिम्वुका अनुसार झरनाको जोखिम युक्त ठाउँ वरिपरी पर्खाल लगाउने र ब्रीज निर्माण गर्ने सहितको कामका लागि कार्यलयले १८ लाख लगानी गरेको छ । जसअनुसार झरनाको जोखिम युक्त स्थानमा पर्खाल निर्माणको काम सकिसकेको छ भने ब्रीज वनाउने काम अव एक हप्तामा सकिने अध्यक्ष लिम्वुले वताउनुभयो । अहिले झरनामा घुम्न दैनिक २ सय देखी अढाईसय सम्म पर्यटकहरु आउने गरेकाछन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।