धनकुटाको पाख्रीबासमा अन्तरमावि टेक्निकल क्वीज, जाल्पा देवीले जित्यो स्वर्ण पदक

धनकुटा खबर, भदौ २९ । राष्ट्रिय बाल दिवस अवसरमा धनकुटाको पाख्रीबास नगरपालिकाद्धारा आयोजित अन्तरमाध्यमिक विद्यालय स्तरिय टेक्निकल क्वीजको स्वर्ण पदक पाख्रिबास नगरपालीकाको वडा नम्वर ४ स्थित जाल्पादेवि माविले जितेको छ ।

पाख्रिबास नगरपालिका भित्रका १० वटा वडाका ११ विद्यालय सहभागिता जनाएको प्रतियोगिता दुई चरणमा सञ्चालन गरिएको थियो । जसअनुसार पहिलो चरणको प्रतियोगितामा ११ मध्ये ६ वटा विद्यालय फाइनलमा प्रवेश गरेका थिए ।

पहिलो चरणको प्रतियोगितावाटै नगरपालिकाको वडा नं ४ को जाल्पादेवि मा वि प्रथम हुँदै स्वर्ण पदक सहित शिल्ड, मेडल, प्रमाण पत्र र १५ नगद हजार पुरस्कार प्राप्त गरेको नगरपालिकाका सुचना प्रविधि अधिकृत महेश प्रधानले जानकारी दिनुभयो ।

प्रतियोगितामा शितला देवि सेकेन्डरी इलिस बोडिंङ स्कुलले दोश्रो हुँदै रजत पदक सहित शिल्ड ,प्रमाण पत्र ९ हजार नगद पुरस्कार प्राप्त गरेको छ । १० नं वडाको श्री भारती मा वि तेश्रो हुँदै कास्य पदक सहित शिल्ड,मेडल,प्रमाणपत्र र नगद ६ हजार प्राप्त गरेको छ ।

प्रतियोगितामा वडा नं ५ को ग्रामिण सामाजिक विद्यालय सान्तावना हुदै शिल्ड ,मेडल र प्रमाण सहित नगद ५ हजार पुरस्कार पाएको छ । प्रतियोगिता पाख्रिबास नगरपालिका प्रमुख वृषवहादुर राईको अध्यक्षतामा सञ्चालन भएकोथियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।