वीर अस्पतालमा बे’वारिसे बिरामीले पनि भर्ना पाउन थाले

रिया भण्डारी, काठमाडौं । वीर अस्पतालमा बेवारिसे बिरामीले पनि भर्ना पाउन थालेका छन् । केही महिना अघिसम्म अस्पतालमा भर्ना हुन आफन्त अनिवार्य चाहिने नियमका कारण बेवारिसे बिरामीले भर्ना भएर उपचार नपाएको गुनासोमा न्युज २४ टेलिभिजनले समाचार प्रशारण गरेको थियो । त्यसपछि अस्पताल प्रशासनले नियम संशोधन गरेर बेवारिसे विरामीको पनि उपचार गर्न थालिएको छ ।

सोमबार न्युज२४को टोली बिर अस्पताल पुग्दा इमर्जेन्सीमा बेवारिसेलाई छुट्याएको बेडहरु खाली थिए केही महिना अघी बेवारिसे बिरामीले वार्डमा भर्ना गरेर उपचार नपाउदा बेवारिसेको बिजोग भएको सम्बन्धमा न्युज२४ले रिपोर्टिंङ गरेपछी अस्पतालले केहि बेवारिसेलाई भर्ना गरेरै उपचार समेत गरेको थियो । अस्पतालमा अहिले बेवारिसे बिरामीको बोजोग देखिदैन । अहिले बेवारिसेलाई अस्पतालले परिवार जस्तै गरेर उपचार गर्ने गरेको दाबी अस्पतालका कर्मचारीको छ ।

त्यसो त अस्पतालमा बेवारिसे बिरामी घटेका पनि छन् । सबै भन्दा धेरै बेवारिसे बिरामी आउने बिर अस्पतालमा महिनामा २० र२५ जना सम्म बेवारिसे आउथे तर गत दुइ महिना देखी ५ जना बेवारिसे मात्र आएका छन् ।कर्मचारीहरु विरामीको उपचारका लागि सरकारले दिगो कार्यविधि ल्याउन आवश्यक रहेको बताउछन् ।

सरकारी अस्पताल पुगेका हरेक व्यक्तिले उपचार पाउने कुरा संविधान मै उल्लेख छ । बेवारिसे तथा विपन्न नागरिकको उपचारको लागी सरकारले बर्षेनी १ करोड बजेट छुट्याएको छ । असहाय, बेवारिसे र सडक मानिसको उचित व्यवस्थापन गर्नु राज्यको दायित्व हो । तर पनि कतिपय अस्पतालमा बेवारिसे विरामीले उपचार पाउदैनन् । अस्पतालहरुमा भर्ना भएर उपचार गराउन आफन्त अनिवार्य चाहिने नियम छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖