सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीको निमन्त्रणामा चिनियाँ स्टेट काउन्सिलका प्रभावशाली सदस्य नेपाल आउँदै, यस्ताे छ कार्यक्रम

काठमाडौं, असोज १ । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेतृत्वमा रहने ६ सदस्यीय स्टेट काउन्सिलका एक प्रभावशाली सदस्य सोङ थाओ आइतबार नेपाल आउँदै छन्।

स्टेट काउन्सिलमा राष्ट्रपति सी, प्रधानमन्त्री ली के क्वाङ, विदेशमन्त्री वाङ यीलगायत छन्। चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणपूर्व चिनियाँ उच्च अधिकारीको नेपाल भ्रमणले निरन्तरता पाएको छ।

चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाल भ्रमण गरेको दुई हप्ताभित्रै चिनियाँ स्टेट काउन्सिलर नेपाल आउन लागेका हुन्। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीको निमन्त्रणामा चिनियाँ स्टेट काउन्सिलर सोङ थाओ नेपाल आउन लागेका हुन्।

चिनियाँ कम्युनिस्ट पार्टीका प्रवक्ता हू चाओ मिङले स्टेट काउन्सिलर सोङ थाइल्यान्ड, इन्डोनेसिया र नेपाल भ्रमणमा निस्केको जानकारी अन्तर्राष्ट्रिय समाचार माध्यमलाई जानकारी दिएका छन्। यो खबर आजको नेपाल समाचारपत्रले छापेको छ।

‘सोमबार थाइल्यान्डको यात्रामा निस्कनुभएका स्टेट काउन्सिलर सोङ नेपालमा आयोजना हुने चिनियाँ विशेषतायुक्त राष्ट्रपति सी चिनफिङको नयांँ युग प्रवेश समाजवादबारे विचार गोष्ठीमा समेत सहभागिता जनाउनुहुनेछ,’ प्रवक्ता हूले भनेका छन्।

चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको प्रमुखसमेत रहेका सोङको नेपाल भ्रमणलाई चिनियाँ विज्ञहरूले दुई मुलुकको सम्बन्ध सुदृढीकरणको अर्को सूचकका रूपमा हेरेका छन्।

चिनियाँ कम्युनिस्ट पार्टीको सर्वोच्च संस्था स्टेट काउन्सिलरमा ६ जना चिनियाँ नेता रहने प्रचलन छ। स्टेट काउन्सिलर सोङ थाइल्यान्डबाट इन्डोनेसिया हुँदै नेपाल आउने कार्यक्रम छ। उनी दुई दिन नेपाल बस्ने कार्यक्रम छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।