धनकुटाको छथरजोरपाटीमा पी’डित परिवारलाई राहत र विपन्न परिवारलाई सोलार वितरण
धनकुटा खबर । संविधान दिवसको अवसरमा धनकुटाको छथरजोरपाटी गाउँपालिकाका विभिन्न वडाका ९ घरधुरी पीडित परिवारलाई राहत तथा २३ घर विपन्न परिवारलाई सोलार वितरण गरिएको छ ।
संविधान दिवसको अवसरमा गाउँपालिकाद्धारा आयोजित एक कार्यक्रमको वीच गएको असार महिनामा परेको अविरल वर्षातको कारण पहिरोमा परी पूर्ण रुपमा घर भत्केका ९ घरपरिवार लाई नगद १५/१५ हजार राहत वितरण गरिएको हो । उनिहरुलाई गाउँपालिकाका प्रमुख शेर वहादुर लिम्वुले राहत रकम वितरण गर्नुभएको थियो ।
राहत पाउनेहरुमा राहत पाउनेहरुमा ५ नं वडा का राम बहादुर लिम्वु, हस्त वहादुर श्रेष्ठ, दिपेन्द्र कुमार लिम्वु,गजेन्द्र घिमिरे, वडा नं ६ का बालकर्ण लिम्वु, कुल वहादुर घिमिरे,गोविन्द घिमिरे र वडा नं १ का छविलाल लिम्वु र वडा नं ४ का गणेश कुमारी लिम्वु रहेको गाउँपालिकाका विपत व्यवस्थापन समितिका सम्पर्क व्यक्ति तथा स्वास्थ्य शाखा प्रमुख सुन्दरमान डङ्गोलले जानकारी दिनुभयो ।

सोही कार्यक्रममा वडा नं १ का टेक वहादुर लिम्वु,हर्क वहादुर लिम्वु वडा नं २ का चक वहादुर राना,सन्तोष थापा,फुलमाया राना,ईन्द्र वहादुर मगर,हर्कराज राना,हेम सागर पौडेल, वडा नं ५ का दिल वहादुर लिम्वु,भीमराज लिम्वु,केश वहादुर लिम्वु,भीम वहादुर लिम्वु,सुकराज लिम्वु,पूर्णमाया लिम्वु, वडा नं ६ का टिकादेवी दाहाल, वडा नं ४ का पूर्णवहादुर तामाङ,डम्वर वहादुर अधिकारी र गोरीमाया लिम्वु, वडा नं ३ का धन कुमार लिम्वु, मान वहादुर भट्राई,जित वहादुर पुदेल,रितुवर्ण कट्टेल,जिष्णु भण्डारीलाई २० वाट क्षमताको सोलार प्यानल १२ भोल्ट क्षामताको ब्याट्री, ८ एएमपी कन्ट्रोल सहितका सामाग्री वितरण गरिएको हो ।
यी सामाग्री र राहत वितरण गर्नुअघि संविधान दिवसको अवसरमा वृहत प्रभातफेरी र्याली निकालीएको थियो । गाउँपालिका परिसरवाट निस्किएको र्यालीले जोरपाटी वजारको विभिन्न भागको परिक्रमा गरी पून गाउँपालिका परिसरमा आएर सभामा परिणत भएको थियो । सभामा गाउँपालिका प्रमुख लिम्वुले शूभकामना मन्तव्य राख्दै यस अघिका संविधानहरु भन्दा फरक र महत्वपूर्ण रहेको वताउनुभयो । उहाँले संविधान सभावाट प्राप्त भएको यो नै पहिलो संविधान भएकोले अरु यस अघिका संविधानको तुलनामा अहिलेको संविधान पृथक र महत्वपूर्ण रहेको स्पष्ट पार्नुभयो ।

सभामा नेकपाका छथरजोरपाटी गाउँपालिका संयोजक ईन्द्र सारु मगर,नेपाली कांग्रेस छथरजोपाटी गाउँपालिका संयोजक छत्र सुव्वा लगायत गाउपालिकाका सवै वडाका वडाध्यक्ष,गाउँपालिकाका विषगत शाखाका शाखा प्रमुख,वजार व्यवस्थापन समिति, हरिराज खेवा स्मृती प्रतिष्ठानका पदाधिकारी, विभिन्न विद्यालयका शिक्षक, स्वास्थ्य स्वयम्सेविका तथा सर्वसाधारणको उपस्थिती थियो ।
कार्यक्रममा स्वागत मन्तव्य कार्यपालिका सदस्य गोमा भण्डारीले राख्नुभएको थियो भने सञ्चालन गाउँपालिकाका नायव सुव्वा ईन्द्र भण्डारीले गर्नुभएको थियो ।


