‘धनकुटाको शिक्षा क्षेत्रमा पुरै राजनीतिक ह’स्तक्षेप भयो’

धनकुटा खबर । धनकुटाको शिक्षा क्षेत्रमा पुरै राजनीतिक हस्तक्षेप भएको एक कार्यक्रमका वक्ताहरुले वताएकाछन् । हालै मात्र स्थायी शिक्षकमा नाम निकालेर स्थायी शिक्षक सेवामा प्रवेश गरेका शिक्षकहरुलाई वधाई दिन आयोजित कार्यक्रमका वक्ताहरुले त्यस्तो वताएकाहुन् ।

आन्तरीक र खुल्ला शिक्षा सेवा परिक्षामा मावि, निमावि र प्रावि तहको शिक्षा आयोगको परिक्षा उत्तिर्ण गरी स्थायी शिक्षकको रुपमा सेवा प्रवेश गरेका जिल्लाका शिक्षकहरुलाई नेपाल शिक्षक संघ धनकुटाद्धारा आयोजित कार्यक्रममा नेपाल शिक्षक संघका केन्द्रिय सदस्य बलराम भट्टराईले शिक्षा क्षेत्रमा आमुल परिवर्तन आवाश्यक रहेको वताउनु भयो ।

त्यस्तैगरी नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले शिक्षकहरुलाई स्वागत गर्दै संघिय संसद र प्रदेश संसदले शिक्षा ऐन निर्माण नगरेको अवस्थामा स्थानीय तहले शिक्षकहरुलाई प्रतिकुल हुने गरी शिक्षा ऐन बनाएर राजनैतिक हस्तक्षेप गरी धनकुटाका शिक्षकहरुलाई विभेद गरीरहेकोले यसको प्रतिकार गर्दै कानुनी उपचारको बाटोमा समेत जाने वताउनु भयो ।

नेपाल शिक्षक संघ धनकुटाका अध्यक्ष थिरेन्द्र वहादुर लिम्बुको अध्यक्षतमा सञ्चालित बधाई तथा शुभ कामना ज्ञापन कार्यक्रममा नेपाल शिक्षक संघ १ नम्वर प्रदेश कार्यसमितिका उपाध्यक्ष गंगाराम ढुंगाना,प्रदेश अर्थ महासचिव राम कुमारी भण्डारी,अखिल नेपाल शिक्षक संगठनका १ नम्वर प्रदेश महासचिव मदन अधिकारी,नेपाल पत्रकार महासंघ धनकुटका उपाध्यक्ष नगेन्द्र राई,गोकुण्डेश्वर माविका सहायक प्रधानाध्यापक लक्ष्मी सापकोटा,त्रिवेणी मावि का सहायक प्रधानाध्यापक दिपक पोखरेल, नेपाल शिक्षक संघ प्रदेश प्रतिनिधि तथा नेपाली कांग्रेस धनकुटका जिल्ला सदस्य राजेन्द्र खड्का, पूर्व सचिव घनेन्द्र सुब्बा,नेपाल शिक्षक संघ धनकुटा नगर कार्य समितिका अध्यक्ष राम वहादुर श्रेष्ठ,महालक्ष्मी नगर कार्य समितिका अध्यक्ष चकेन्द्र वस्नेत,सागुरीगढी गाउपालिका कार्य समितिका अध्यक्ष कुल प्रसाद दाहाल लगायतले शिक्षक सेवामा प्रवेश गर्नु भएका नव नियुक्त स्थायी शिक्षकहरुलाई बधाई गर्दै शिक्षालाई उत्पादन मुलुक बनाउनु पर्नेमा जोड दिएकाछन् ।

संघ जिल्ला उपाध्यक्ष टिकाराम श्रेष्ठले कार्यक्रमको उदेश्य प्रकाश पार्दै स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चालन अर्थ सचिव रोहणी पाण्डे र सहसचिव शोभा वरालले गरेका थिए । कार्यक्रममा शिक्षक सेवामा प्रवेश गरेका नव नियुक्त स्थायी शिक्षकहरु दिल कुमारी राई,सजना जोशी,उत्र राई,द्धारिका रिजाल,दिल कुमारी मादेन,दिपेन्द्र कुमार यादव लगायतका शिक्षकहरुले बधाई तथा शुभकामना कार्यक्रम गरी शुभकामना तथा बधाई ज्ञापन गरेकोमा नेपाल शिक्षक संघलाई धन्यवाद दिदै शिक्षक संग सम्वन्धित अरु संग संगठनहरुले पनि नेपाल शिक्षक संघ संग पाठ सिक्नु पर्ने वताएका थिए ।

कार्यक्रममा आन्तरीक तथा खुल्ला परिक्षा उर्तीण भई मावि,निमावि र प्रावि तहको स्थायी शिक्षकको रुपमा शिक्षा सेवामा प्रवेश गरेकाहरुलाई वधाई तथा सफल कार्यकालको शूभकामना दिईएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।