रेडियो नेपाल प्रदेश प्रसारण कार्यालय धनकुटामा महासंघको ध’र्ना

विकास घिमिरे, धनकुटा खबर, ५ असोज । नेपाल पत्रकार महासंघ धनकुटा शाखाले आज रेडियो नेपाल प्रदेश प्रसारण कार्यलय धनकुटामा धर्ना दिएको छ । नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यलयको निर्देशनमा महासंघ धनकुटाले भर्ना दिएको हो ।

रेडियो नेपाल दिपायल प्रसारण केन्द्रमा कार्यरत नेपाल पत्रकार महासंघ डोटी शाखाका उपाध्यक्ष सुनिता रावल, सहसचिव प्रकाश वम र सदस्य चक्र कुँवरलाई विना जानकारी एक्कासी सेवावाट हटाइएको र उनिहरुको सेवाको निरन्तरताका धर्ना बस्नु परेको नेपाल पत्रकार महासंघ धनकुटाका सचिब विदुर खवासले बताए ।

नेपाल पत्रकार महासंघको असोज १ गतेको केन्द्रीय समितिको बैंठकको निर्णय अनुसार रेडियो नेपालका सबै प्रसारण केन्द्रमा असोज ५ गते धर्ना बस्ने कार्यक्रम अनुसार आजको धर्ना कार्यक्रम भएको नेपाल पत्रकार महासंघ धनकुटा शाखाका उपाध्यक्ष नगेनद्र राईले बताए । धर्ना कार्यक्रममा धनकुटा जिल्लाका कृयाशिल पत्रकार हरुको उपस्थिती रहेको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖