धनकुटाको हिले बजारका पसलहरुमा अनुगमन, डोनट उत्पादन गर्दै आएका २ उद्योग वन्द
धनकुटा खबर । धनकुटा १ हिले वजारका पसलहरुको आज अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यलय धनकुटाको संयोजकत्वमा हिलेका खाद्यान्न, लत्ताकपडा तथा सुनचाँदी पसलको अनुगमन गरिएको हो ।
अनुगमनको क्रममा डोनट उत्पादन गर्दै आएका दुई वटा उद्योग वन्द गरिएको छ । प्रक्रिया पूरा नगरी सञ्चालन गरिएको कारण ती दुई उद्योग वन्दगरिएको खाद्यय प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यलय धनकुटाका प्मुख शिव शंकर मिश्रले जानकारी दिनुभयो ।
त्यस्तै म्याद नाघेको,लेवल उल्लेख नगरेको र्कुकुरे, चिसो पेय पदार्थ, विष्कुट, मसला आदी जफत गरीएको छ । त्यस्तैगरी प्राय पसलहरुमा सवैले सजिलै देख्ने स्थानमा करपाटी,पान नं नराखेको, व्यवसाय दर्ता नगरी सञ्चालन गरिएको,अन्त शूल्क भ्याटमा जाने पसलहरुको प्रकृतीको अवस्था जाँच गरी उल्लेखित कार्य नगर्ने पसलहरुलाई अव देखी गर्न सुझाव दिईएको करदाता सेवा कार्यलयका नायव सुव्वा मनिष दाहालले वताउनुभयो ।


