दसैंका यात्रुले पाएनन् टिकट

काठमाडौं, असोज १० । दसैं नजिकिँदै जाँदा यात्रुले टिकट नपाएको गु’नासो गरेका छन् ।

दसैंकै मुखमा घर जाने तयारीमा रहेका यात्रु टिकट नपाउँदा निराश छन् । पूर्व, पश्चिम, मध्य पश्चिम र सुदूरपश्चिम सबैतिरका यात्रुले टिकट काट्न जाँदा बुक भइसकेको सूचना पाउने गरेको बताए ।

यही भीडमा १६ गते घर जाने तयारीमा रहेका जाजरकोटका नवराज शाही ठकुरीले अहिलेसम्म टिकट नपाएको गुनासो गरे । उनी गोंगबुस्थित नयाँबसपार्कमा टिकट लिन पुगेका थिए ।

‘१६ गते घर जानका लागि टिकट बुक गर्न खोजेको थिएँ,’ उनले भने, ‘जुन दिन जाने भनेको त्यही दिनकै टिकट पाइएन, काउन्टरमा बस्नेले त्यो दिनका लागि सबै बुक भइसकेको बताए ।’

उनी कसरी घर जानेर भनेर अन्योलमा छन् । चिनेको दाइलाई भन्न लगाइरहेको उनले सुनाए । ‘दसैंमा घर त जानैपर्छ,’ उनले भने, ‘त्यसैले सिट नपाए उभिएरै भए पनि जान तयार छु ।’ घर पुग्न दुई दिन लाग्छ । सदरमुकामसम्म गाडी पुग्छ ।

त्यसपछि कच्ची सडक हुँदै गाउँ पुग्ने उनले बताए । यो समस्या उनको मात्र होइन । टाढाटाढा जानेले टिकट नपाएको गुनासो गर्दै आएका छन् ।

काउन्टर जाँदा टिकट नभएको, अग्रिम रूपमा बुक भइसकेको जानकारी दिने गरेको यात्रुले बताए । ‘१३ गते घर जाने भनेर बसे पनि त्यो दिनका लागि सबै टिकट बुक भइसकेको भन्ने मात्र सुन्छु,’ संखुवासभाकी सुमित्रा जिमीले भनिन्, ‘घरसम्मकै लागि पनि होइन, धरानसम्म मात्र जान खोजे पनि टिकट पाएको छैन ।’

उनले टिकट काउन्टरमा बुझी रहेको बताइन् । समस्या गाडीको मात्र होइन । जहाज पुग्ने जिल्लाका यात्रुले पनि टिकट पाएका छैनन् ।

टिकट नपाएपछि यात्रुलाई कसरी घरसम्म पुग्ने भन्ने चिन्ता छाएको छ । अहिले टिकट छैन भन्दै फर्काउने गरेको र दसैंको मुखमा टिकट कालोबजारी गरेर बेच्न लागिएको आरोप यात्रुको छ ।

‘अहिले टिकट छैन, सबै बुक भइसक्यो मात्र भन्छन्,’ टिकट काट्न नयाँ बसपार्क पुगेका एक यात्रुले भने, ‘जब दसैं नजिकिन्छ, त्यसपछि अहिलेको भाडादरको दोब्बर पैसा लिएर टिकट बिक्री गर्छन्।’

यता संखुवासभा खाँदबारीका विवश घिमिरेले जहाजमा घर जान टिकटको खोजी निकै गरे । १७ गतेका लागि टिकट बुक गर्न खोजे पनि कतै पाउन सकेनन् । गाडीमा जाँदा काठमाडौंबाट दुई दिन लाग्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।