फेसबुकमा ‘लाइक्स’ संख्या अब नदेखिने
सिड्नी . फेसबकुले लाइक्सको संख्या नदेखिने बनाउन परीक्षण थालेको छ। यो परीक्षण शुक्रबारदेखि अस्ट्रेलियामा थालिएको हो। फेसबुकका अनुसार यो परीक्षणकालमा केही प्रयोगकर्ताले मात्र लाइक्सको संख्या देख्न सक्नेछैनन्।
अर्थात् अस्ट्रेलियाका सबै प्रयोगकर्तामा एकैपटक यो प’रीक्षण गरिएको छैन।
गत जुलाईदेखि फेसबुकको मातहतमा रहेको संस्था इन्स्टाग्राममा लाइक्स नदेखिने फिचर प्रदान गरिएको छ। सोही फिचर फेसबुकमा परीक्षणको रुपमा थालनी गरिएको हो।
फेसबुकका अनुसार लाइक्स संख्या नदेखिनाले यसले प्रयोगकर्तामा सामाजिक त’नाव र द’बाब कम उ’त्पन्न हुन्छ।
धेरै लाइक्स आउँदा मानिसहरु खुशी र थोरै लाइक्स आउँदा दु’खी हुने गरेको पाइएपछि मानिसको मनोविज्ञान बुझ्नको लागि यो परीक्षण थालिएको बताइएको छ। -बीबीसी


