चिकित्सक भन्छन्- अब हामी कुकुरले टो’के १० दिन पर्खन भन्दैनौं
काठमाडौं, असोज १२ । पहिले भन्ने गरिन्थ्यो– कुकुरले टो’के १० दिनसम्म हेरौं, कुकुर म’र्याे भने सु’ई लाऔं, जिउँदै रहे केही नगरौं। तर अब यसो भन्नु गलत हुनेछ।
घरपालुवा, सामुदायिक वा जुनसुकै कुकुरले टो’के, चि’थोरे, खोस्रे तुरुन्त अस्पताल गएर सु’ई लगाउन चिकित्सकहरू सल्लाह दिन्छन्। उनीहरूका अनुसार समयमै खोप लगाए रे’बिजबाट बच्न सकिन्छ।
‘अब हामी कुकुरले टो’क्दा १० दिन पर्खन भन्दैनौं,’ इपिडीमियोलयोजी तथा रोग नि’यन्त्रण महाशाखा, जुनोसिस तथा अन्य स’रुवा रो’ग निय’न्त्रण शाखाका डा. हेमन्त चन्द्र ओझाले भने। यो खबर आजको कान्तिपुरमा अतुल मिश्रले लेखेका छन्।
डा. ओझाले नयाँ दिशानिर्देश (गाइडलाइन) सुनाउँदै कुकुरले टोके, चिथोरे, खोस्रे प्रभावित ठाउँलाई राम्ररी साबुपानीले धोई अस्पताल गएर चिकित्सकीय सल्लाहमा ३ पटक सु’ई लगाउनुपर्ने बताए।


