सुरक्षा व्यवस्था चुस्त राख्न ठुलो सङ्ख्यामा जनशक्ति सहित “डग स्नापिङ” (कुकुर) समेत परिचालित

इनरुवा । दसैँको समयमा खुल्ला नाकाबाट धार्मिक आवरणमा आतङ्कवादीहरू भारत तिर छिर्ने जानकारी पाएको एसएसबि सँगै नेपाल प्रहरीले पनि सुरक्षा व्यवस्था चुस्त पार्ने भएको छ ।

सिमाक्षेत्रमा भारतीय सिमासुरक्षा बल (एसएसबि)ले आं तकवादीहरुको घुसपैठ हुनेभन्दै बोर्डर क्षेत्रलाई ’टाइट’ बनाउँदै आएको हो ठुला चाडपर्व र भारतीय पक्षको आग्रहमा सुनसरी प्रहरीले जिल्लाको सुरक्षा व्यवस्था चुस्त राख्न ठुलो सङ्ख्यामा जनशक्ति परिचालित गरेको छ । सुनसरी प्रहरीले अपराधका घटनाहरू हुन नदिनका लागि सादा पोसाकका प्रहरी परिचालन सँगै “डग स्नापिङ” (कुकुर) नसमेत परिचालन गर्ने भएको हो ।

दशैको बेलामा हुने मेला पर्वमा प्रहरीको निगरानी विशेष हुने छ । सुनसरी प्रहरी प्रमुख यज्ञविनोद पोखरेलका अनुसार दसैँ, तिहार र छैठ पर्वसम्मका लागि एक हजार पचास जना सुरक्षाकर्मीहरुलाई एक साथ परिचालन गर्ने रणनीति रहेको छ । चाडपर्वका समयमा रातीसम्म बजार पसल खुल्ला हुनाले त्यो बेला पनि अपराध हुने सम्भावना बढी हुने भएकाले भिडभाड हुने स्थानमा निगरानी र सुरक्षाका लागि परिचालन गरिने पोखरेलले बताउनु भएको छ ।

युनिट सँगै सादा पोसाकका प्रहरीहरू, सेक्युरिटी, सीआरभी, मोबाइल गस्तीसँगै सशस्त्र प्रहरी बलसँग समेत समन्वय गरी संयूक्त रूपमा गस्ती सुरु गरिसकेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले मातहतका ८२ वटा प्रहरी युनिय छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।