कहिले बनेकाे हाे पशुपतिनाथ मन्दिर ? जीर्ण बनेर पानी चुहिन थाल्यो

काठमाडौं, असोज १३ । पशुपतिनाथ मन्दिरको पूर्वतिरको टुँडालबाट पानी चुहिन थालेको छ।

भुँइचालोले बाहिरी स्वरुप केही नभए पनि मन्दिरको भित्र के भएको छ भनेर अध्ययन भएको छैन। पानी चुहिन थालेपछि जीर्ण भएको हुनसक्ने अनुमान पशुपति क्षेत्र विकास कोषले गरेको खबर आजको कान्तिपुर दैनिकमा दामोदर न्यौपानेले लेखेका छन्।

मन्दिरभित्र पुजारीबाहेक अरु छिर्न नपाउने परम्परा रहेकाले यसको अबस्था अध्ययन गर्न समस्या भएको विकास कोष सांस्कृतिक महाशाखा प्रमुख प्रेमहरी ढुंगाना बताउँछन्।

जान पाउनेसँग प्राविधिक ज्ञान नहुने र प्राविधिक ज्ञान हुने जान नपाउने समस्याले गर्दा प्राविधिक अध्ययन गर्न समस्या भएको कोषले जनाएको छ।

मन्दिरको भित्री काठ कुहिँदै गएको आशंका छ। राष्ट्रिय विभुती भिमसेन थापाले १८७५ सालमा मन्दिरको दक्षिणपट्टीको प्रदक्षिणा पथमा रहेको ढोकालाई चाँदीले मोरेर आकर्षक बनाएका थिए।

पशुपतिनाथको अहिलेको मन्दिर कुन बेला बन्यो भन्ने एउटै मत छैन।

केही इतिहासकारले यसको स्थापना विसं.६१९ मा र कोहीले चाहीँ विसं ५०७ मा बनेको बताउने गरेका छन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।